Skip to main content

Sacho Khabar

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ।

श्रेष्ठ आइतबार नेत्रावती डबजोङ गाउँपालिकामा पुगेर मतदातासँग भेटघाट गर्दै सरकारी कार्यालय तथा विभिन्न विकास निर्माणका योजनास्थलको अवस्था बुझ्नुभएको थियो।

यस क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरहरूमा उहाँ सवार गाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी, अर्थात् रास्वपा, को झण्डा राखिएको र कोटमा पार्टीको लोगो देखिएपछि यस विषयमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

केही नागरिकले जनताबाट निर्वाचित भइसकेपछि जनप्रतिनिधि जनता माझ जाँदा पार्टीको ब्याच वा झण्डा प्रयोग नगरी तटस्थ रूपमा जानुपर्ने सुझाव दिएका छन्।
त्यस्तै बोल्दा पनि दलगत नाराभन्दा सबैलाई समेट्ने भाषा प्रयोग गर्नुपर्ने धारणा सार्वजनिक भएको छ।

यसैबीच सांसद श्रेष्ठले नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे हुलक गाउँमा रहेको कटुन्जे स्वास्थ्य चौकीको पनि अनुगमन गर्नुभएको छ।

उहाँले २०७८ सालदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको कटुन्जे स्वास्थ्य चौकी भवनको अवस्थाबारे जानकारी लिँदै निर्माण कार्य छिट्टै सम्पन्न गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ।

अनुगमनका क्रममा उक्त स्वास्थ्य चौकीमा विगत करिब ९ वर्षदेखि धाराको पानीको अभाव रहेको पनि पाइएको छ।
स्वास्थ्य संस्थामा पानीको व्यवस्था नहुँदा बिरामीको उपचार, सरसफाइ तथा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयले बताएका छन्।

लामो समयदेखि समस्या रहँदै आए पनि यसको समाधानका लागि प्रभावकारी पहल हुन नसकेको स्थानीयको गुनासो छ।

सांसद श्रेष्ठले स्वास्थ्य चौकीमा देखिएका समस्याबारे जानकारी लिँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

यसै क्रममा उहाँले नेत्रावती डबजोङ गाउँपालिकामा सञ्चालित १५ शय्याको अस्पतालको अवस्थाबारे पनि जानकारी लिनुभएको छ।
अस्पतालको सेवा–सुविधा, स्वास्थ्य सेवा सञ्चालनको अवस्था तथा आवश्यक पूर्वाधारबारे सरोकारवालासँग छलफल गरिएको बताइएको छ।

क्षेत्र भ्रमणका क्रममा सांसद श्रेष्ठले स्थानीय जनप्रतिनिधि तथा नागरिकसँग भेटघाट गर्दै विकास, स्वास्थ्य, शिक्षा र पूर्वाधारसँग सम्बन्धित समस्याबारे सुझाव समेत संकलन गर्नुभएको छ।

उहाँले स्थानीय विकासका विभिन्न समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...