Skip to main content

Sacho Khabar

श्री आदर्श आधारभूत विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मनाइने

धादिङ — बेनिघाट रोराङ–७, चापाटरस्थित श्री आदर्श आधारभूत विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती भव्य रूपमा मनाउने भएको छ।
वि.सं. २०३२ सालमा स्थापना भएको उक्त विद्यालयले विगत पाँच दशकदेखि शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विद्यालयको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई विभिन्न श्रेणीअनुसार सम्मान गरिने विद्यालयले जनाएको छ।
अक्षयकोष सहयोगअन्तर्गत विभिन्न रकम अनुसार प्रमाणपत्र, फ्रेम, चाँदी तथा गोल्डेन फ्रेमसहित बाजा प्रदान गरी सम्मान गरिनेछ।
स्वर्ण जयन्ती कार्यक्रम २०८२ साल पौष १९ गते विद्यालय प्राङ्गणमा आयोजना हुने जनाइएको छ। कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक तथा स्थानीय समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको विद्यालयकी प्राध्यापक पार्वती धरेल सिलवालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...