Skip to main content

Sacho Khabar

१७ लाख भ्युज, तर असन्तुष्टि बढ्दो : गोरु जुदाईमाथि प्रश्न

धादिङ :गोरु जुदाई हेर्दा कतिपयलाई रमाइलो लाग्न सक्छ, अनि “पुरानो रीतिरिवाज” भनेर गर्व पनि गरिन्छ। तर अहिलेको समयसम्म आइपुग्दा यस्ता गतिविधि उचित छैनन् भन्ने आवाज दिनप्रतिदिन बढ्दै गएको छ। समाज बदलिँदै गएको सन्दर्भमा हिंसामा आधारित परम्पराको पुनर्विचार आवश्यक भएको धेरैको भनाइ छ।

 

गत पुष १५ गते नीलकण्ठ नगरपालिका–१, धादिङको धुसेनीमा भएको गोरु जुदाई सम्बन्धी साँचो खबर HD को फेसबुक पेजमा १७ लाखभन्दा बढीले भिडियो हेरेका थिए। केही सकारात्मक प्रतिक्रिया आए पनि, ४८० भन्दा बढी नकारात्मक टिप्पणी आउनुले दर्शकहरूको असन्तुष्टि स्पष्ट रूपमा देखाएको छ।

धेरै दर्शकको सुझाव अनुसार, अहिलेको समयमा आएर पनि “त्यो बेलाको चलन” भन्दै पशुलाई जुधाएर मनोरञ्जन लिनु सरासर गलत हो। चाडपर्व मनाउने थुप्रै सकारात्मक, सांस्कृतिक र सिर्जनात्मक उपाय हुँदाहुँदै पनि हिंसा र पीडामा आधारित मनोरञ्जन रोजिनु दुःखद भएको उनीहरूको धारणा छ।

झनै दुःखद कुरा त के छ भने, यस्ता गतिविधिलाई बढावा र प्रोत्साहन दिँदै उद्घाटन गर्न उस्तै सोच राख्ने केही नेताहरू उपस्थित हुन्छन्। उनीहरू कार्यक्रमको उद्घाटन गरेर टुलुटुलु हेरेर बस्छन्, जसले यस्तो जोखिमपूर्ण कार्यलाई वैधता दिएको सन्देश समाजमा फैलिन्छ।

गोरु जुदाईका क्रममा धेरै ठाउँमा मानिस र गोरु दुवै गम्भीर घाइते हुनुका साथै मृत्युसमेत भएका उदाहरणहरू छन्। कसैलाई जुधाएर मनोरञ्जन लिनु अन्ततः झगडाकै रूप हो। झगडामा मानिस होस् वा पशु, कसै न कसैको चोटपटक हुनु लगभग निश्चित हुन्छ, जुन अवस्था अत्यन्तै दुखद र चिन्ताजनक हो।

अब आउँदो माघ १ गते माघे सङ्क्रान्तीको अवसरमा धादिङ जिल्ला सहित देशका विभिन्न स्थानमा गोरु जुदाई आयोजना हुने तयारी भइरहेका बेला केही गम्भीर प्रश्नहरू उठिरहेका छन्—
पशु अधिकारकर्मीहरू यस विषयमा बोल्ने कि मौन बस्ने?
प्रशासनले यस्ता कार्यक्रम रोक्ने कि रोक्न उदासीन रहने?

समाजलाई अघि बढाउने काम भनेको मिलेर हिँड्ने, मिलाउने र सकारात्मक सन्देश फैलाउने हो।
झगडा गराउने, पीडामा आधारित मनोरञ्जन खोज्ने कार्य न संस्कृतिको नाममा उचित ठहरिन्छ, न त सभ्य समाजको पहिचान बन्न  सक्छ ।भिडियो लिङ्क 👉https://www.facebook.com/share/v/1Ab7bnQHNd/?mibextid=wwXIfr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...