धादिङ :गोरु जुदाई हेर्दा कतिपयलाई रमाइलो लाग्न सक्छ, अनि “पुरानो रीतिरिवाज” भनेर गर्व पनि गरिन्छ। तर अहिलेको समयसम्म आइपुग्दा यस्ता गतिविधि उचित छैनन् भन्ने आवाज दिनप्रतिदिन बढ्दै गएको छ। समाज बदलिँदै गएको सन्दर्भमा हिंसामा आधारित परम्पराको पुनर्विचार आवश्यक भएको धेरैको भनाइ छ। गत पुष १५ गते नीलकण्ठ नगरपालिका–१, धादिङको धुसेनीमा भएको गोरु जुदाई सम्बन्धी साँचो खबर HD को फेसबुक पेजमा १७ लाखभन्दा बढीले भिडियो हेरेका थिए। केही सकारात्मक प्रतिक्रिया आए पनि, ४८० भन्दा बढी नकारात्मक टिप्पणी आउनुले दर्शकहरूको असन्तुष्टि स्पष्ट रूपमा देखाएको छ। धेरै दर्शकको सुझाव अनुसार, अहिलेको समयमा आएर पनि “त्यो बेलाको चलन” भन्दै पशुलाई जुधाएर मनोरञ्जन लिनु…