Skip to main content

Sacho Khabar

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा दार्खामा निःशुल्क विशेष स्वास्थ्य शिविर, ३७० जनाले सेवा प्राप्त

धादिङ :

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा मंसिर २६ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा आयोजना गरिएको निःशुल्क विशेष स्वास्थ्य शिविर आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदायलाई लक्षित गरी खनियाबास–४ स्थित खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको यस शिविरमा दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरू टाढा–टाढाबाट स्वास्थ्य सेवा लिन आएका थिए। उनीहरूलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य यस शिविरको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।

शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको टोलीले दिनभर स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान   गरेका थिए । बिहान १० बजे सुरु भएको सेवा आज दिउँसो ५ बजे सम्पन्न भएको छ भने शिविर भोलि मंसिर २७ गते दिउँसो १ बजे सम्म सञ्चालन हुने जानकारी अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा डिपिन धादिङका अध्यक्ष डा. प्रताप छत्कुलीले दिनुभयो।

कार्यक्रम सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज अमेरिका–अध्यक्ष टक बहादुर रुवाली तथा धादिङ समाज बेल्जियम–अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतका पदाधिकारीहरूले विशेष योगदान पुर्‍याएका छन्। त्यस्तै, स्थानीय तह, विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले सक्रिय समन्वय र सहयोग प्रदान गरेका छन्।

शिविरमा सहयोग गर्ने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई गाउँपालिकाले खादामालासहित भव्य स्वागत गरेका थिए ।

आजको दिनमा मात्रै महिला २४१ र पुरुष १२९ गरी कुल ३७० जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको आयोजकले जनाएको छ। स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरणदेखि आवश्यक परेमा थप उपचार सिफारिससम्मका सेवा निरन्तर रूपमा उपलब्ध गराइएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...