धादिङ, भदौ ९ । हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ । “सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत…
धादिङबेसी । नारी विकास बचत तथा ऋण सहकारी संस्थाको १९औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम शनिबार धादिङबेसीस्थित विपि स्मृति भवनको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख मेयर भीम प्रसाद ढुङ्गानाले सहकारी संस्था महिलाको आर्थिक सबलीकरण र सामाजिक सशक्तीकरणको प्रमुख आधार भएको भन्दै सहकारी सदस्यलाई उद्यमशीलता र उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रह गरे। सभामा संस्थाका पदाधिकारीहरूले वार्षिक प्रतिवेदन, आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने आगामी वर्षका कार्यक्रम र बजेटसमेत पारित गरिएको छ। साधारण सभासँगै आयोजना गरिएको तीज विशेष कार्यक्रममा सहकारी सदस्य महिलाहरूले सांस्कृतिक प्रस्तुति दिएर वातावरण उत्साहमय बनाएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, ,पत्रकार…
धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार, “अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।” सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ । यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद…
धादिङ, ६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिका यस वर्ष पनि देशकै उत्कृष्ट गाउँपालिका बनेको छ । ९१.७५ प्रतिशत अंकसहित बेनीघाट रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौतारी गाउँपालिका तेस्रो स्थानमा परेका छन् । नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पद्मा अर्यालले उत्कृष्ट पालिकालाई सम्मानित गर्नुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले…
धादिङ, ६ भदौ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००२ ज ६७६३ नम्बरको इभी हाईस शुक्रबार साँझ दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साँझ करिब ६:३० बजे यात्रु बोकेको उक्त सवारी आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजमार्ग अस्पताल, मलेखु पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरु : १. विमल श्रेष्ठ, २५ वर्ष, पाल्पा पुर्बीखोला–१ — बाँया कुम र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम। २. सन्तोष परियार, १३ वर्ष, धादिङ नीलकण्ठ–६ — बाँया हात र शरीरका विभिन्न…
काठमाडौं, ५ भदौ । गृह मन्त्रालयले बुधबार २० जना सह सचिव र २४ जना उप सचिवको सरुवा गरेको छ । यसरी सरुवा हुनेहरुमा अधिकांश प्रजिअको जिम्मेवारीमा रहेकाहरु छन् । यस्तै धादिङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा कार्यरत विजयराज सुवेदीलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई भने प्रशासन…
धादिङ, ४ भदौ आज दिउसो धादिङको धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौविसे नजिक त्रिभुवन राजमार्गमा मोटरसाइकल र भारतीय ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको UP51 CT 2601 नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी मंगला गाउँपालिका–५ का ५० वर्षीय बीरबहादुर बिक गम्भीर घाइते भई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीया अनिता बिकसहित भारतीय ट्रक चालक र…
धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले नेपाल दुरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् । विगत केही महिनादेखि गाउँपालिकाभित्र सञ्चालित नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या देखिँदा स्थानीयहरू निरन्तर दूरसञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् । सञ्चार प्रवाह अवरुद्ध हुँदा गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र दैनिकीमै समेत गम्भीर असर परेको भन्दै अध्यक्ष तामाङले तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न आग्रह गरेका हुन् । अध्यक्ष तामाङले भने, “रूबीभ्यालीका नागरिकहरू निरन्तर सञ्चार सेवाको अभावमा परेका छन् । टेलिकम टावर लामो समयदेखि बिग्रँदा विद्यार्थीहरूलाई अध्ययनमा, बिरामीलाई आपतकालीन अवस्थामा तथा गाउँपालिकाभित्रका सर्वसाधारणलाई दैनिकीमै ठूलो समस्या भइरहेको छ । छिटोभन्दा…
धादिङ — धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोला नजिकै पेट्रोल बोकेको ट्याङकरमा आगलागी भएको छ। मंगलवार बिहान करिब १०:२० बजे बाराको अमलेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको ट्याङकरमा इन्जिनको तार सर्ट भई अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याङकरमा करिब २० हजार लिटर पेट्रोल रहेको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको कमाण्डमा खटिएको टोली, स्थानीयवासी र दमकलको सहयोगमा करिब १०:३० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार आगलागीमा मानविय क्षति नभएको र इन्जिनको तार मात्र क्षतिग्रस्त भएको छ। साथै, घटनाका कारण बाटो अवरुद्ध नबनेकोले सवारीसाधन आवागमन सामान्य रहेको छ।
धादिङ १ भदौ ।३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो । अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी,…