Skip to main content

Sacho Khabar

धादिङको बेनीघाट रोराङ- ५ बिसालटारमा इभी हाईस दुर्घटना : ८ जना घाइते

धादिङ, ६ भदौ ।

पृथ्वी  राजमार्ग अन्तरगत  धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००२ ज ६७६३ नम्बरको इभी हाईस शुक्रबार साँझ दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साँझ करिब ६:३० बजे यात्रु बोकेको उक्त सवारी आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजमार्ग अस्पताल, मलेखु पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरु :

१. विमल श्रेष्ठ, २५ वर्ष, पाल्पा पुर्बीखोला–१ — बाँया कुम र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।

२. सन्तोष परियार, १३ वर्ष, धादिङ नीलकण्ठ–६ — बाँया हात र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।

३. कमल कुमार सुनाम, ३१ वर्ष, रामेछाप गोकुलगंगा–४ — बाँया हातमा चोट, अवस्था सामान्य।

४. मिलन परियार, १९ वर्ष, धादिङ गजुरी–१ — बाँया पातामा चोट, अवस्था सामान्य।

५. केशव दमाई, ४२ वर्ष, धादिङ गजुरी–१ — बाहिरी चोट नभएको, अवस्था सामान्य।

६. प्रमोद परियार, २३ वर्ष, धादिङ गजुरी–१ — दाँया हातमा चोट, अवस्था सामान्य।

७. सरोज परियार, १८ वर्ष, ऐ.ऐ. गा.पा.–१ — दाँया खुट्टामा चोट, अवस्था सामान्य।

८. राजु परियार, २४ वर्ष, धादिङ बेनीघाट रोराङ–३ — कम्मरमा चोट, अवस्था सामान्य।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय बेनीघाटबाट प्रहरी नायब निरीक्षक हर्कबहादुर खड्काको कमाण्डमा टोली खटिएको थियो । सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ ।

इभी हाईस चालक सुनिल बिक (२२ वर्ष, पाल्पा मातागढी–४)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...