धादिङ २३ जेठ उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु भएको छ । शिक्षा क्षेत्रको गुणस्तरीय सुधारलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बृहत ‘शैक्षिक सम्मेलन’ को शुक्रबार गाउँपालिका अध्यक्ष रामसिंह तामाङले उद्धघाटन गर्नुभएको हो । सम्मेलनको उद्धघाटन सत्रमा शैक्षिक क्षेत्र उत्थानका लागि के के गर्ने भन्ने विषयमा पालिकाको जनप्रतिनिधि कार्यपालिका सदस्य स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा सरोकार निकायका प्रतिनिधि तथा शैक्षिक क्षेत्रका विज्ञहरूको बिचमा बृहत छलफल भएको छ । कार्यक्रममा सम्पुर्ण सरोकार वाला पक्षहरुबाट सुझावको मस्यौदा संकलन गरिएको छ भने उक्त सुझाव माथि सम्मेलनको समापन समारोहमा घोषणा गर्ने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । सम्मेलनमा शिक्षा…
धादिङको गजुरी गाउँपालिका -५ मा रहेको गलौदीको खेलमैदानमा जेष्ठ २२गते देखि २६ गते सम्म प्रथम पिण्डेश्वरी कप हुने भएको छ । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेल्कुद " भन्ने मूल नाराका साथ गलौदी युवा क्लव,च्याङ्ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप Open 7A-Side Knockout Footbal Tounrnament हुन लागेको च्याङ्ली युवा क्लवको अध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पण्डितले जनाएको छ । कार्यक्रमको उद्घाटन जेष्ठ २२ गते बिहान८ बजे गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , द्धितीया हुने टिमले २० हजार नगत तथा उत्कृष्ट हुने…
मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४…
धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ । आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो । प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ । त्यस्तै चितवन…
धादिङ: धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडरहरुलाई कार्वाही गरिएको छ । बढी भाडा असुलेको भन्दै चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो । बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट पठाओ र इनड्राइभ राइडरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘चार वटा सवारी साधन नियन्त्रणमा लिएका थियौं । यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरेर छाडिएको छ । अहिले ५ सय जरिवाना गरेर छाडिएको हो । विना दर्ता चलाइरहनु भएको रहेछ । आगामी दिन त्यस्तो कार्य नगर्ने निर्देशन दिएर उहाँहरुलाई छाडिएको हो’ उनले…
धादिङ : नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। परिषदको ११ औ राष्ट्रिय अधिवेशनको हिजो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन गरेका हुन्। आईतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका गजेन्द्र प्रसाद थपलिया अध्यक्षमा निर्वाचित भएका हुन्।थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि दिपेन्द्र भण्डारीले १०४ मत पाएर पराजित भएका हुन्। अध्यक्षमा निर्वाचित हुने उनै गजेन्द्र थपलिया हुन् जसको योजनामा नेपालमा तुईन विस्थापित भयो।माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढे।गजेन्द्र थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।
धादिङ । दोलखाको चरिकोटमा सञ्चालन भइरहेको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका दुई खेलाडीले पहिलो दिनै पदक जित्न सफल भएका छन्। एथलेटिक्स अन्तर्गत १५०० मिटर दौडतर्फ धादिङकी शर्मिला तामाङले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक हात पारिन्। त्यस्तै, सटपुट (गोला फ्याँक) तर्फ सिर्जना श्रेष्ठले रजत पदक जितेकी छन्। प्रतियोगिता आज देखि १९ गतेसम्म चरिकोटमा सञ्चालन भइरहेको छ।
धादिङ : कारागार कार्यालय धादिङमा गएराती एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । मिश्रका अनुसार उनी गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । सुनार राति १ बजेतिर शौचालय गएका थिए । तर लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत भेटिएको हो । सुनारले मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘दुई हात लामो डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो ।…
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषकहरूको हितमा स्थापना गरिएको यो सेवा केन्द्रबाट कृषिमा नविनतम प्रविधि र गुणस्तरीय पशुसेवा प्रवाह गर्न सकिने बताउनुभयो। उहाँले कृषकहरूलाई सेवा उपयोग गर्न र कृषि व्यवसायलाई आधुनिकिकरणतर्फ लैजान यस्तो पूर्वाधार महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले करिब ७० प्रतिशत स्थानीय कृषकहरू प्रत्यक्ष कृषि पेशामा संलग्न रहेको जनाउँदै, यस भवनको निर्माणले कृषकहरूलाई धेरै सुविधा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, भवन बनेपछि…
धादिङ । धादिङको सदरमुकामiमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । ५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए…