Skip to main content

Sacho Khabar

रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी

धादिङ :धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।
शुक्रवार पालिकाको वडा नम्बर ३ स्थित श्री च्याम्रादेवी माविको प्राङ्गणमा सुरु भएको सम्मेलन आज २४ गते शनिवार सम्पन्न भएको हो ।
‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार,सार्वजनिक शिक्षा, सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारा सहित रुबीभ्यालीको शैक्षिक सुधार वर्ष–२०८२ वृहत् शैक्षिक सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनबाट सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, जनप्रतिनिधिबिच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मेलनमा सहभागी सबै पक्षको समूहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...