Skip to main content

Sacho Khabar

जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न 

मोटरसाइकलमा खोलाको किनारमा आइपुग्छ। उता दुई बहिनीहरु खोलाको भी्त्तामा उभिएर रुँदै चिच्याइरहेका हुन्छन्। खोलामध्ये डुंगामा चढेका केही मानिस उद्दारका लागि दौडिदै आइरहेका हुन्छन्। उनीहरु झ्याप्पै अर्को भेट हुन्छ मेरो बहिनीलाई के भयो?’ भनेर हल्ला मच्चाउँछन्। रेडक्रसको टोली फटाफट स्ट्रेचर बोक्दै घाइतेलाई प्राथमिक उपचार गरेर एम्बुलेन्सतर्फ लगिरहेको हुन्छन्।हेर्दा साँच्चैको दुर्घटनाझैँ लागे पनि यो केवल कृतिम अभ्यास (सिमुलेसन) मात्र थियो ।

धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनारको गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारकाे अभ्यास गरिएकाे हाे ।
आज एक कार्यक्रम बीच बाढीको डुबानमा परेको व्यक्तिलाई कसरी उद्धारकर्मीले उद्धार गर्ने र कसरी स्थानीयले सही समयमा सम्बन्धित निकायमा सूचना दिने विषयमा विपद को जोखिम मा परेकोलाई कसरी उद्धार गरिएको थियो र स्वास्थ्यकर्मीटोलीसम्म एम्बुलेन्स ले पु¥याएको दृश्य देखाइएको शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त सुरक्षा समितिको सहयोग जल उत्पन्न प्रकोप कृत्रिम घटनाका कार्यक्रम सम्पन्न भएको संयुक्त टोलीका प्रमुखले जानकारी दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे रहेका थिए भने विशिष्ट अतिथिका रुपमा धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा नेपाली सेनाका सहायक रथी सुवास जंग थापा उपस्थित थिए। त्यस्तै, थाक्रे, गल्छी, गजुरी, बेनिघाट र सिद्धलेक गाउँपालिकाका अध्यक्षहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जिल्ला रेडक्रस सोसाइटी तथा नेपाल पत्रकार महासंघ धादिङका प्रतिनिधिहरू, सरोकारवालाहरू र जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
वक्ताहरूले मनसुनको समयमा देखिने सम्भावित जलउत्पन्न विपद् विगतका वर्षहरू भन्दा जटिल हुन सक्ने पूर्वानुमान गरिएको भन्दै, विपद् व्यवस्थापनमा ‘के गर्ने, कसले गर्ने, कहिले गर्ने’ भन्ने कुरा स्पष्ट हुनुपर्नेमा जोड दिए। प्राथमिक उपचार टोलीसँग कसरी सम्पर्क गर्ने भन्ने विषयमा समेत अभ्यासमा जानकारी दिइएको थियो।

जिल्ला विपद् व्यवस्थापन समिति, धादिङले अग्रीम तयारीका लागि नीति–नियम तय गरिसकेको जनाइएको छ। तथापि, सूचना, समन्वय र सहकार्यको अभाव अझै देखिएको भन्दै भविष्यमा सबै निकायबीच मजबुत समन्वय आवश्यक रहेको सुझाव दिइयो। विपद्का बेला जनधनको सुरक्षा पहिलो प्राथमिकता हुने भन्दै अभ्यासको माध्यमबाट चेतना अभिवृद्धि र तयारीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पृथ्वी राजमार्गका करिब २० स्थान जोखिमयुक्त रहेको जानकारी दिँदै, ती क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको बताए। साथै, ड्युटीमा खटिएका कर्मचारीहरूका लागि वृत्ति विकासका अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारी घिमिरेले आयोजक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभ्यासहरूलाई अझ सशक्त र प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...