Skip to main content

Sacho Khabar

बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षसंग अभिाभावक कार्यक्रम प्रभावकारी बन्दै

धादिङ : बेनिघाटरोराङ गाउँपालिकाले आफ्नो अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएर धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ ।

विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन, बालविवाह लगायतका कुरितिका विरुद्ध लाग्न प्रेरित गर्दै अध्यक्षसंग अभिाभावक कार्यक्रम संचालन गरिएको हो ।

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा रहेको बाँसखर्क माविमा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थापलिया विवेक, गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, वडा अध्यक्ष लगायतको सहभागिता थियो । बेलुकीको खानाखाएपछि जम्माभएका अभिभावकहरुले विद्यार्थीले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रम हेरेपछि गाउँपालिका अध्यक्ष थपलियाको सन्देश सुनेका थिए ।

गाउँपालिका अध्यक्ष थपलियाले विद्यालयमा अभिभावकहरुले नियमित हेर्नु पर्ने, बालबालिकालाई कुलतमा फस्न दिन नहुने, नियमित विद्यालय पठाउनु पर्ने, बालविवाह, बहुविवाह विरुद्ध लाग्नु पर्ने, नियमित बालवालिकालाई विद्यालय पठाउनुपर्ने सन्देश दिँदै विकासको प्रमुख आधार शिक्षा भएकोले एक जनाले पनि पढाइ छाड्न नहुने बताउनुभयो ।
गाउँपालिका कार्यालयको काम सकिएपछि गाउँ पुगेको अध्यक्षसहितको टोलीलाई अभिभावक र विद्यार्थीले गितसंगितबाट स्वागत गरेका थिए ।
हालसम्म ८ वडामा पुगेका अध्यक्षसंग अभिभावक कार्यक्रममा अभिभावक र विद्यार्थीले पालना गर्नु पर्ने नियमका तथा आचरणका २१ बुँदे अभिभावकहरुलाई प्रतिवद्धता समेत गराइने गरिएको बेनिघाटरोराङ गाउँपालिका सूचना अधिकारी परशुराम घिमिरेले बताउनुभयो ।
विशेषगरी भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले प्रभावित अति सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी अभियान सुरु गरिएको हो।

खेतीपाती र अन्य दैनिक कामको व्यस्तताका कारण दिउँसो अभिभावक भेट्न कठिन हुने भएकाले अभियान साँझको समयमा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यसले गाउँपालिकाको नियमित सेवा प्रवाहमा अवरोध नपुध्याउने र अभिभावकहरूलाई सहज रूपमा भेटेर सवाद गर्न सकिने विश्वास गरिएको छ।

सुरुको चरणमा अभिभावकहरुलाई वडामा पुगेर भेटिएपनि अब भने टोलटोलमा पुग्ने कार्यक्रम रहेको र अभिभावकका समेत कुरा सुन्ने, योजना समेत पालिकाको रहेको गाउँपालिका अध्यक्ष थपलियाको भनाइ छ ।

बेनिघाटरोराङ गाउँपालिकाले अभिावक विहिन बालबालिका भएमा, वा अन्य कारणले पढ्न नसक्ने भएमा पालिकाले छात्राबासमा राखेर अध्यायन गर्ने व्यवस्था मिलाएको जनाएको छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...