Skip to main content

Sacho Khabar

धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु

धादिङ २३ जेठ
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु भएको  छ ।

शिक्षा क्षेत्रको गुणस्तरीय सुधारलाई लक्षित   गर्दै  कार्यक्रम  आयोजना गरिएको बृहत ‘शैक्षिक सम्मेलन’ को शुक्रबार गाउँपालिका अध्यक्ष रामसिंह तामाङले उद्धघाटन गर्नुभएको हो ।

 

सम्मेलनको उद्धघाटन सत्रमा शैक्षिक क्षेत्र उत्थानका लागि के के गर्ने भन्ने विषयमा पालिकाको जनप्रतिनिधि कार्यपालिका सदस्य स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा सरोकार निकायका प्रतिनिधि तथा शैक्षिक क्षेत्रका विज्ञहरूको बिचमा बृहत छलफल भएको छ ।

कार्यक्रममा सम्पुर्ण सरोकार वाला पक्षहरुबाट सुझावको मस्यौदा संकलन गरिएको छ भने उक्त सुझाव माथि सम्मेलनको समापन समारोहमा घोषणा गर्ने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

सम्मेलनमा शिक्षा क्षेत्रको हालको अवस्था, देखिएका समस्या, सुधारका सम्भावना तथा दीर्घकालीन रणनीतिबारे गहिरो छलफल गरिएको छ । गाउँपालिकाले सम्मेलनलाई शैक्षिक सुधारको मार्गचित्र तय गर्ने अवसरका रूपमा लिएको छ ।

 

शिक्षा क्षेत्रमा देखिएका कमजोरी, चुनौती र सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्दै त्यसका आधारमा दीर्घकालीन नीति निर्माण गर्ने तयारी भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...