धादिङ – नेपाल नेत्र ज्योति संघ, धादिङले आफ्नो तेस्रो साधारण सभाको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम आगामी भदौ २१ गते शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म धादिङको सिरानबजारस्थित क्रिक रिसोर्ट, नीलकण्ठ–४ मा हुने छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्ने जनाएको छ। “रक्तदान, जीवनदान” नारासहितको यस अभियानमा स्थानीय दाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा आयोजक नेपाल नेत्र ज्योति संघ, धादिङले गरेको छ।
धादिङ । गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भाद्र १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ। युवा भजन गुरु गायक निश्चल सिलवालको विशेष संकल्पमा हुने कार्यक्रममा १८ गते बिहान ७ बजे बजार परिक्रमा तथा बेलुकी लाखबत्ती प्रज्वलन गरि २४ घण्टा सम्म अखण्ड हरिकृतन गरिने छ । भक्तजनहरूले सम्पूर्ण मन्तव्यसहित करिब १००० बत्ती ल्याउन आयोजकले आग्रह गरेका छन्। त्यसै अवसरमा १९ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङ जिल्लाको प्रथम अधिवेशन पनि हुने आयोजकले जनाएको छ । श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले कार्यक्रमको आयोजना…
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स,भैरवी ईन्टरपाईजेजको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल…
धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
धादिङ । ९ भदौ नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे । विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ । यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो । वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता…
धादिङ, ४ भदौ आज दिउसो धादिङको धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौविसे नजिक त्रिभुवन राजमार्गमा मोटरसाइकल र भारतीय ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको UP51 CT 2601 नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी मंगला गाउँपालिका–५ का ५० वर्षीय बीरबहादुर बिक गम्भीर घाइते भई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीया अनिता बिकसहित भारतीय ट्रक चालक र…
धुन्चे, रसुवा – २०८२ साउन २३ गते गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्। भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्। “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,” भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले। सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू…
धादिङ, – धादिङको फुर्के खोलानजिक रहेको पृथ्वी राजमार्गको सूचना बोर्ड करिब चार वर्षदेखि जीर्ण अवस्थामा थियो। यात्रुहरूलाई जानकारी प्राप्त गर्न कठिन हुने अवस्थामा रहेको सो सूचना बोर्ड अब नयाँ स्वरूपमा पुनःस्थापना गरिएको छ – त्यो पनि सरकारी सहयोग वा कुनै संघसंस्थाको पहल बिना, दुई व्यक्तिको व्यक्तिगत खर्चमा। बेनिघाटस्थित त्रिशूली रिभर साइड रिसोर्टमा कार्यरत सौगात थपलिया र सन्दीप खड्काले समाजप्रतिको उत्तरदायित्व बुझेका छन्। उनीहरूले आफ्नो खर्चमा सूचना बोर्ड पूर्ण रूपमा परिवर्तन गरी यात्रुहरूका लागि जानकारीमूलक र सजिलो बनाएका छन्। स्थानीय बासिन्दा र यात्रुहरूले उनीहरूको यो पहललाई निकै सकारात्मक रूपमा लिएका छन्। धेरैले सामाजिक सञ्जालमार्फत पनि प्रशंसा व्यक्त गरेका छन्। स्थानीय तह…
गजुरी, धादिङ । गजुरी गाउँपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादहरूलाई वडा स्तरमै समाधान गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यका साथ“विवादको साटो मेलमिलापको पाटो” भन्ने मूल नाराका साथ आठवटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गरेको छ। गजुरी, धादिङ । गजुरी गाउँपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादहरूलाई वडा स्तरमै समाधान गर्न सकिने वातावरण तयार पार्ने उद्देश्यका साथ“विवादको साटो मेलमिलापको पाटो” भन्ने मूल नाराका साथ आठवटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र गठन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शर्मिला बिसुरालको अध्यक्षता र गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक…
काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।