Sacho Khabar

धादिङमा मोटरसाइकल–ट्रक ठोक्किँदा एकजनाको मृत्यु, पाँच जना घाइते

धादिङ, ४ भदौ

आज दिउसो धादिङको धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौविसे नजिक त्रिभुवन राजमार्गमा मोटरसाइकल र भारतीय ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको UP51 CT 2601 नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी मंगला गाउँपालिका–५ का ५० वर्षीय बीरबहादुर बिक गम्भीर घाइते भई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीया अनिता बिकसहित भारतीय ट्रक चालक र अन्य तीन जना भारतीय नागरिक घाइते भई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सडकमा अवरोध भने नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...