Sacho Khabar

Day: २०८२ भाद्र ४, बुधबार

धादिङमा मोटरसाइकल–ट्रक ठोक्किँदा एकजनाको मृत्यु, पाँच जना घाइते

धादिङमा मोटरसाइकल–ट्रक ठोक्किँदा एकजनाको मृत्यु, पाँच जना घाइते

धादिङ, ४ भदौ आज दिउसो धादिङको धुनिवेशी नगरपालिका–७ घट्टामोड, नौविसे नजिक त्रिभुवन राजमार्गमा मोटरसाइकल र भारतीय ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ध २ प ३१४६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको UP51 CT 2601 नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि ट्रक सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी मंगला गाउँपालिका–५ का ५० वर्षीय बीरबहादुर बिक गम्भीर घाइते भई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीया अनिता बिकसहित भारतीय ट्रक चालक र…
Read More
रूबीभ्याली अध्यक्षद्वारा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण

रूबीभ्याली अध्यक्षद्वारा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण

  धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले नेपाल दुरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् । विगत केही महिनादेखि गाउँपालिकाभित्र सञ्चालित नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या देखिँदा स्थानीयहरू निरन्तर दूरसञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् । सञ्चार प्रवाह अवरुद्ध हुँदा गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र दैनिकीमै समेत गम्भीर असर परेको भन्दै अध्यक्ष तामाङले तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न आग्रह गरेका हुन् । अध्यक्ष तामाङले भने, “रूबीभ्यालीका नागरिकहरू निरन्तर सञ्चार सेवाको अभावमा परेका छन् । टेलिकम टावर लामो समयदेखि बिग्रँदा विद्यार्थीहरूलाई अध्ययनमा, बिरामीलाई आपतकालीन अवस्थामा तथा गाउँपालिकाभित्रका सर्वसाधारणलाई दैनिकीमै ठूलो समस्या भइरहेको छ । छिटोभन्दा…
Read More