Skip to main content

Sacho Khabar

रूबीभ्याली अध्यक्षद्वारा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण

 

धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले नेपाल दुरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
विगत केही महिनादेखि गाउँपालिकाभित्र सञ्चालित नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या देखिँदा स्थानीयहरू निरन्तर दूरसञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् । सञ्चार प्रवाह अवरुद्ध हुँदा गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र दैनिकीमै समेत गम्भीर असर परेको भन्दै अध्यक्ष तामाङले तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष तामाङले भने, “रूबीभ्यालीका नागरिकहरू निरन्तर सञ्चार सेवाको अभावमा परेका छन् । टेलिकम टावर लामो समयदेखि बिग्रँदा विद्यार्थीहरूलाई अध्ययनमा, बिरामीलाई आपतकालीन अवस्थामा तथा गाउँपालिकाभित्रका सर्वसाधारणलाई दैनिकीमै ठूलो समस्या भइरहेको छ । छिटोभन्दा छिटो प्राविधिक मर्मत गरेर सेवा नियमित गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको बताए ।”
उनले गाउँपालिकाले यसअघि पनि पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराए पनि ठोस समाधान नआएको भन्दै यस पटक गम्भीरतापूर्वक चासो देखाउन आग्रह गरेका छन् ।
यसै विषयमा नेपाल दुरसञ्चार प्राधिकरण धादिङका प्रमुख विकास महर्जनले भने, “रूबीभ्यालीलगायत दुर्गम क्षेत्रका टेलिकम टावरमा देखिएका समस्या समाधानका लागि प्राधिकरण गम्भीर छ । आवश्यक प्राविधिक टोली पठाउने तयारी भइरहेको छ । केही भौगोलिक चुनौतीका कारण ढिलाइ भए पनि सेवामा सुधार ल्याउन हामी प्रतिबद्ध छौं ।” चाडै नै मर्मत गर्ने पनि प्रतिवद्दता जनाए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...