Sacho Khabar

रूबीभ्याली अध्यक्षद्वारा टेलिकम सेवामा सुधार गर्न ध्यानाकर्षण

 

धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले नेपाल दुरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
विगत केही महिनादेखि गाउँपालिकाभित्र सञ्चालित नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या देखिँदा स्थानीयहरू निरन्तर दूरसञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् । सञ्चार प्रवाह अवरुद्ध हुँदा गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र दैनिकीमै समेत गम्भीर असर परेको भन्दै अध्यक्ष तामाङले तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष तामाङले भने, “रूबीभ्यालीका नागरिकहरू निरन्तर सञ्चार सेवाको अभावमा परेका छन् । टेलिकम टावर लामो समयदेखि बिग्रँदा विद्यार्थीहरूलाई अध्ययनमा, बिरामीलाई आपतकालीन अवस्थामा तथा गाउँपालिकाभित्रका सर्वसाधारणलाई दैनिकीमै ठूलो समस्या भइरहेको छ । छिटोभन्दा छिटो प्राविधिक मर्मत गरेर सेवा नियमित गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको बताए ।”
उनले गाउँपालिकाले यसअघि पनि पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराए पनि ठोस समाधान नआएको भन्दै यस पटक गम्भीरतापूर्वक चासो देखाउन आग्रह गरेका छन् ।
यसै विषयमा नेपाल दुरसञ्चार प्राधिकरण धादिङका प्रमुख विकास महर्जनले भने, “रूबीभ्यालीलगायत दुर्गम क्षेत्रका टेलिकम टावरमा देखिएका समस्या समाधानका लागि प्राधिकरण गम्भीर छ । आवश्यक प्राविधिक टोली पठाउने तयारी भइरहेको छ । केही भौगोलिक चुनौतीका कारण ढिलाइ भए पनि सेवामा सुधार ल्याउन हामी प्रतिबद्ध छौं ।” चाडै नै मर्मत गर्ने पनि प्रतिवद्दता जनाए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...