Skip to main content

Sacho Khabar

शिक्षा

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङमा पत्रकारलाई गाउँपालिका अध्यक्षबाट धम्की, महासंघ र प्रेस चौतारीको विरोध

धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
Read More
नीलकण्ठ-४ मा तीज गीत प्रतियोगिता सम्पन्न, राधाकृष्ण आमा समूह प्रथम

नीलकण्ठ-४ मा तीज गीत प्रतियोगिता सम्पन्न, राधाकृष्ण आमा समूह प्रथम

धादिङ ।  ९ भदौ  नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे । विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ । यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो । वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता…
Read More
एड्भान्स एकेडेमीमा तहगत मेहेन्दी तथा भलिबल प्रतियोगिता सम्पन्न

एड्भान्स एकेडेमीमा तहगत मेहेन्दी तथा भलिबल प्रतियोगिता सम्पन्न

  धादिङबेसी, साउन १८ – २०८२ साउन महिनाको तेस्रो शुक्रबार “( Book free day) अन्तर्गत विविध क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूमाझ मेहेन्दी प्रतियोगिता र छात्रहरूमाझ भलिबल प्रतियोगिता आयोजित गरियो। साथै, कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूको लागि व्यक्तिगत क्षमता अभिवृद्धि क्रियाकलापहरू सञ्चालन गरिएका थिए। सबै तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उनीहरूको कलात्मकता, खेलकुद रुचि, अनुशासन र सहकार्य प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो। प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः 🔸 मेहेन्दी प्रतियोगिता (कक्षा अनुसार) • कक्षा ६: सदिक्षा शाक्य • कक्षा ७: प्रश्ना थापा मगर • कक्षा ८: स्मृति गुरुङ •…
Read More
भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

धादिङ, नेपाल — भारतको पंजाब राज्य, कपुरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा धादिङको एड्भान्स एकेडेमीका कक्षा ७ का विद्यार्थी युनिक तामाङले दुबै विधामा स्वर्ण पदक जितेर नेपाललाई गौरव दिलाएका छन्। ३० केजी तौल समूह अन्तर्गत काटा र कुमुते दुवै विधामा उनले अव्वल स्थान हासिल गर्दै २ वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन्। प्रतियोगिता जुलाई २६ र २७ मा भारतको कपुरथलास्थित धर्मसभामा सम्पन्न भएको थियो। नेपालबाट युनिकसँगै उनका प्रशिक्षक शक्ति तामाङले सहभागीता जनाएका थिए। उक्त च्याम्पियनसिपमा भारतका विभिन्न राज्यहरूका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहेको थियो, जसले युनिकको जितलाई झन् उल्लेखनीय बनाएको छ। उनको यो सफलतापछि स्थानीय समुदायदेखि…
Read More
धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन

धादिङ : धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् । आज भएको भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा राजकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् । भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै…
Read More
धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ जिल्लाभर १३ हजार विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ :प्याब्सन धादिङअन्तर्गत आजदेखि जिल्लाभर एकै पटक प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ। जिल्लाका ३२ वटा विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षा दिइरहेका छन्। प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउँछ भने शिक्षकहरू पनि बढी जिम्मेवार बन्न बाध्य हुन्छन्। प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले भने, “हामी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्छौं, जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्छ।” विद्यार्थीहरूका लागि एकरूपता…
Read More
नीलकण्ठ नगरपालिकाले ४ जिपिए ल्याएका विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान

नीलकण्ठ नगरपालिकाले ४ जिपिए ल्याएका विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले बिहीबार एक समारोहका बीच विद्यार्र्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किबो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५०…
Read More
बेनीघाटका महाजन श्रेष्ठलाई खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान

बेनीघाटका महाजन श्रेष्ठलाई खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान

धादिङ , असार १६ – राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा कवि महाजन श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगिता महासंघका संस्थापक केन्द्रिय सदस्य आदरणीय गुरु प्रा.डा. रविलाल अधिकारीको ८१औँ जन्म जयन्तीको अवसरमा आयोजना गरिएको थियो। श्रेष्ठले "दिव्य चिन्तन" शीर्षकको आफ्नै कविता वाचन गरेर निर्णायकको मन जित्दै प्रथम पुरस्कार प्राप्त गरेका हुन्। प्रतियोगितामा द्वितीय, तृतीय, सान्त्वना स्थान विजेता र उत्कृष्ट १५ भित्र पर्न सफल सम्पूर्ण साहित्य अनुरागीहरुलाई श्रेष्ठले हार्दिक बधाई दिएका छन्। साथै, यस्तो स्तरीय रचनात्मक कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका सम्पूर्ण पदाधिकारीप्रति उनले आभार व्यक्त गरेका छन्। "कवितालाई माया गर्ने मनले कविताबाट विमुख हुनै…
Read More
निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न  ।

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् । तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो । जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो । प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने…
Read More
विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो। उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले…
Read More