Sacho Khabar

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् ।
तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो ।
प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने भएकोले सकारात्मक रुपमा समाज परिवार्तनको हिस्सा समेत शिक्षक बन्न आग्रह गनुृभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले समाजको सम्वाहक र शैक्षिक अभियानता शिक्षकहरु शक्तिशाली भएको बताउनुुभयो । शिक्षक अपडेट नभए डाइनोसर हुने भन्दै आफूलाई क्षमतावान बनाएर प्रविधि र विकाससंग अपडेट हुन आग्रह गर्नुभयो  । सबै परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण योगदान गरेको बताउँदै सुवेदीले राजनीतिक दलहरुले नसिकाएको समाज चेतनाका कुरा शिक्षकहरुले सिकाउनुपर्ने बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले समाजको अगुवा शिक्षकले वर्ष भर पढेर २ घण्टामा परिक्षा लिने तरिकालाई निरन्तर मूल्यांकन प्रणालीमा लैजानका लागि आग्रह गर्नुभयो ।
तालिममा शिक्षकको पेशागत विकास, ऐन तथा नियमावली, पाठ्यक्रम तथा सहजीकरण विधि र कार्यमूलक अनुसन्धान लगायतका विषयमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइका परियोजनाका जिल्ला संयोजक नवराज पाठकले तालिमको सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...
भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता -धमला

भैरवी मन्दिर केन्द्रित पर्यटन योजना अघि बढाउने प्रतिवद्धता -धमला

फागुन ७, धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि धादिङ क्षेत्र न। २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले विहीबार ...