Skip to main content

Sacho Khabar

निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न ।

धादिङ ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङले निम्न माध्यामिक शिक्षक र माध्यामिक शिक्षकहरुका लागि सेवा प्रवेश तालिम सम्पन्न गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको  तालिम हलमा भएको तालिममा नवप्रवेसी १९ जना शिक्षकहरु सहभागि रहेका छन् ।
तालिममा सहभागि शिक्षकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नवराज अधिकारीले प्रमाणपत्र वितरण गर्दै शिक्षकले विज्ञानलाई मानेर इज्जत र अनुसासनमा बस्नुपर्ने बताउनुुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले नयाँ प्रविधि, ज्ञान, र सीपलाई प्रयोग गरेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चिनाउने हिम्मत राख्नुपर्ने बताउभयो ।
प्रमुख अतिथि अधिकारीले शिक्षकले राम्रो विद्यार्थी उत्पादन गरेमात्र भविश्यको राम्रो मान्छे बन्ने भएकोले सकारात्मक रुपमा समाज परिवार्तनको हिस्सा समेत शिक्षक बन्न आग्रह गनुृभयो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले समाजको सम्वाहक र शैक्षिक अभियानता शिक्षकहरु शक्तिशाली भएको बताउनुुभयो । शिक्षक अपडेट नभए डाइनोसर हुने भन्दै आफूलाई क्षमतावान बनाएर प्रविधि र विकाससंग अपडेट हुन आग्रह गर्नुभयो  । सबै परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण योगदान गरेको बताउँदै सुवेदीले राजनीतिक दलहरुले नसिकाएको समाज चेतनाका कुरा शिक्षकहरुले सिकाउनुपर्ने बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले समाजको अगुवा शिक्षकले वर्ष भर पढेर २ घण्टामा परिक्षा लिने तरिकालाई निरन्तर मूल्यांकन प्रणालीमा लैजानका लागि आग्रह गर्नुभयो ।
तालिममा शिक्षकको पेशागत विकास, ऐन तथा नियमावली, पाठ्यक्रम तथा सहजीकरण विधि र कार्यमूलक अनुसन्धान लगायतका विषयमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइका परियोजनाका जिल्ला संयोजक नवराज पाठकले तालिमको सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...