Skip to main content

Sacho Khabar

एड्भान्स एकेडेमीमा तहगत मेहेन्दी तथा भलिबल प्रतियोगिता सम्पन्न

 

धादिङबेसी, साउन १८ –
२०८२ साउन महिनाको तेस्रो शुक्रबार “( Book free day) अन्तर्गत विविध क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूमाझ मेहेन्दी प्रतियोगिता र छात्रहरूमाझ भलिबल प्रतियोगिता आयोजित गरियो। साथै, कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूको लागि व्यक्तिगत क्षमता अभिवृद्धि क्रियाकलापहरू सञ्चालन गरिएका थिए।
सबै तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उनीहरूको कलात्मकता, खेलकुद रुचि, अनुशासन र सहकार्य प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो।

प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः

🔸 मेहेन्दी प्रतियोगिता (कक्षा अनुसार)
• कक्षा ६: सदिक्षा शाक्य
• कक्षा ७: प्रश्ना थापा मगर
• कक्षा ८: स्मृति गुरुङ
• कक्षा ९: समिक्षा गुरुङ
• कक्षा १०: सिम्रन शाह
(उक्त विद्यार्थीहरू आफ्नो कक्षाको उत्कृष्ट कलाकार घोषित भएका हुन्।)

🔸 भलिबल प्रतियोगिता (सदनगत नतिजा)
• प्रथम: Green सदन
• द्वितीय: Yellow सदन
• तृतीय (समान अङ्क सहित): Red र Blue सदन

विद्यालयले मेहेन्दी प्रतियोगितालाई नेपाली तथा हिन्दू सांस्कृतिक परम्परामा शुभ सङ्केत मानिने तथा विद्यार्थीहरूमा सौन्दर्यबोध, कलात्मकता, सहकार्य, मित्रता र कल्पनाशक्ति अभिवृद्धिका लागि अत्यन्त उपयोगी ठहर गर्दै आयोजना गरिएको हो। भलिबलजस्तो शारीरिक खेलले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, टीमवर्क र अनुशासन विकासमा योगदान पुर्‍याउने विश्वास विद्यालयको रहेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भिमबहादुर श्रेष्ठ, एकेडेमी संयोजक थम्कराज बसौला तथा उप–प्रधानाध्यापक समेतको उपस्थिति थियो।

अन्त्यमा प्रधानाध्यापक श्रेष्ठले भने, “विद्यार्थीहरूको शैक्षिक मात्र होइन, सृजनात्मक, मानसिक तथा शारीरिक विकासका लागि शुक्रबारको यस्तो गतिविधि अत्यन्त प्रभावकारी हुने कुरामा हामी विश्वस्त छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...