Sacho Khabar

नीलकण्ठ नगरपालिकाले ४ जिपिए ल्याएका विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ ।

नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयलाई नगदसहित सम्मान गरेको हो ।
नगरपालिकाले बिहीबार एक समारोहका बीच विद्यार्र्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किबो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५० हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा प्रकाश माध्यामिक विद्यालय, लामागुरु महादेव माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय र भैरवी माध्यामिक विद्यालय रहेका छन् । यि चार विद्यालयले ४/४ लाख प्राप्त गरेका छन् । पुरस्कार प्राप्त रकम शैक्षिक उन्नयनमा खर्च गर्न पाइने बताइएको छ ।

नीलकण् नगरपालिकाले गरेको सम्मानले भावी दिनहरुमा थप हौसला थपिएको बताएका छन् । सम्मानित सन्ध्या तिमल्सिनाले भनिन्– ‘उत्कृष्ट नतिजाले मनोवल बढेको छ । यो सम्मानले भविष्यमा अघि बढ्न झनै सहयोग पुग्नेछ । म स्वयम् र मेरो परिवार तथा विद्यालय सबैका लागि हौसला हो
जिल्लाभर ८ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिका भित्रका रहेका छन्, ३ जना अन्य पालिकाका रहेका छन् । यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले शत प्रतिशत नतिजा ल्याउने हो भने जति आवश्यक परेपनि बजेट विनियोजन गर्ने बताए ।

नगरपालिकाले निशुल्क शिक्षा प्रदान गरिरहेको छ । अब के गर्नुपर्छ, नतिजा ल्याउने आधार लिएर आउनुहोस् । शत प्रतिशत नतिजा ल्याउने प्रतिवद्धता गर्नुहुन्छ भने मागेको जति लगानी गर्न नगरपालिका तयार छ’ उनले भने ।
उनले विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताए । उनले भने– ‘शिक्षामा गरिएको लगानी कहिल्यै खेर जादैन । नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न पछि पनि पर्दैन ।’

नीलकण्ठ नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । उनले भने– ‘निःशुल्क शिक्षादेखि शैक्षिक क्षेत्रमा योजना नै बनाएर काम गरिरहेका छौं । नगरपालिकाले गरेको लगानी अनुसार प्रतिफल पनि प्राप्त भइ रहेको छ । हामी सबैको पहल र सहकार्यले शैक्षिक क्षेत्रमा फड्को मार्नेछ ।’

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय रहेको बताए । त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले एसईईको नतिजा शैक्षिक सुधारको संकेत रहेको बताए । ‘नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल विस्तारै देखिरहेको छ । लगानी र नतिजा दुवै बढाउन सके शैक्षिक क्षेत्रमा अझै फड्को मार्न सकिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...