धादिङ — लायन्स क्लव अफ धादिङ मलेखु टाउनद्वारा आयोजित तीज विशेष कार्यक्रम बेनीघाट रोराङ गाउँपालिका–३, मलेखुबजारमा धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समाजसेवीहरुलाई सम्मान गरिनुको साथै नयाँ सदस्यलाई क्लबमा स्वागत गरिएको थियो । साथै, राष्ट्रियस्तरका कलाकारहरुले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिँदा उपस्थित दर्शकहरु उत्साहित बनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ धादिङ मलेखु टाउनका अध्यक्षले आगामी दिनमा अझ राम्रो काम गरेर समाजसेवामा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आयोजकका अनुसार कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो भने तीज पर्वले ल्याउने एकता, संस्कार र सांस्कृतिक सौन्दर्यलाई अझ प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो…
धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
धादिङ । ९ भदौ नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे । विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ । यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो । वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता…
धादिङ, भदौ ९ । हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ । “सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत…
धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार, “अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।” सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ । यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद…
धादिङ १ भदौ ।३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो । अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी,…
धादिङ — गजुरी गाउँपालिका–६ आदमघाटमा लायन्स क्लब अफ धादिङ हाइटको पहलमा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली विस्तारलाई लक्षित गर्दै आयोजित कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आह्वान गरे। उनीहरूले वृक्षारोपणलाई एकदिने अभियानमा सीमित नगरी निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीयको उत्साहपूर्ण सहभागिताले गाउँमा हरियाली विस्तार मात्र नभई आगामी पुस्ताका लागि स्वस्थ वातावरणको सन्देश दिएको आयोजकहरूले जनाएका छन्। सहभागी समुदायले रोपिएका बिरुवाको संरक्षणमा निरन्तर…
धुन्चे, रसुवा – २०८२ साउन २३ गते गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्। भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्। “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,” भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले। सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू…
रसुवा, धुन्चे — साउन २१: रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट प्रसिद्ध गोसाइँकुण्ड मेला आजबाट औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा आयोजना हुने यो मेला हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व बोकेको छ। मेलाको सुरुवातसँगै देशका विभिन्न भागबाट हजारौं तीर्थयात्री गोसाइँकुण्ड तालतर्फ यात्रा सुरु गरिरहेका छन्। धुन्चे, चन्दनबारी, लौरीबिनायक हुँदै करिब ४३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्नका लागि लामो पैदल यात्रा आवश्यक हुन्छ। धार्मिक विश्वास अनुसार गोसाइँकुण्डमा स्नान गर्दा पाप नाश हुने र मोक्ष प्राप्ति हुने जनविश्वास छ। भगवान शिवले विष पिएपछि शीतल जलको खोजीमा त्रिशुल प्रहार गरी गोसाइँकुण्ड उत्पत्ति गराएको धार्मिक कथा पनि प्रचलित…
धादिङबेसी, साउन १८ – २०८२ साउन महिनाको तेस्रो शुक्रबार “( Book free day) अन्तर्गत विविध क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूमाझ मेहेन्दी प्रतियोगिता र छात्रहरूमाझ भलिबल प्रतियोगिता आयोजित गरियो। साथै, कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूको लागि व्यक्तिगत क्षमता अभिवृद्धि क्रियाकलापहरू सञ्चालन गरिएका थिए। सबै तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा उनीहरूको कलात्मकता, खेलकुद रुचि, अनुशासन र सहकार्य प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो। प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः 🔸 मेहेन्दी प्रतियोगिता (कक्षा अनुसार) • कक्षा ६: सदिक्षा शाक्य • कक्षा ७: प्रश्ना थापा मगर • कक्षा ८: स्मृति गुरुङ •…