Skip to main content

Sacho Khabar

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ १ भदौ ।३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो ।
अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्‍याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सामाजिक अगुवा र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तामाङ भाषाको प्रसारण विस्तार, सञ्चारकर्मीको क्षमता अभिवृद्धि र स्थानीय समुदायका मुद्दा मुख्यधारमा ल्याउने विषयमा आ–आफ्ना विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...