धादिङ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने दाबी गरेका छन् । अराजकता र असुरक्षाका कारणले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट पारे । 'जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता भएका छैनन् । ठूलो सङ्ख्यामा कैदीहरु फरार छन्' उनले भने- 'अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सम्भव छैन।' त्यसैगरी, नेकपा एमाले निर्वाचन विरोधी नभएको बताएका छन्। 'एमाले निर्वाचनसँग कहिल्यै पछि हट्ने वा डराउने पार्टी होइन । देशलाई स्थायित्व र लोकतान्त्रिक दिशामा लैजानका लागि छिटो भन्दा छिटो जनमतमा जानुको विकल्प छैन । तर विडम्बना यो सरकारले निर्वाचन गराउन सक्दैन ।' 'अहिले देश अन्योलतातिर धकेल्लिरहेको…
धादिङ, बेनीघाट रोराङ – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित तेस्रो खुल्ला वडा कप 7–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता बेनीघाट रोराङ–२, गौरीशंकर खेलमैदानमा २०८२ कार्तिक ३ देखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, दोस्रो पुरस्कार रु. २५,००० राखिएको छ। साथै उत्कृष्ट खेलाडी र गोलकिपरलाई रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूको प्रवेश शुल्क रु. ५,००० तोकिएको छ। प्रतियोगिताको आयोजन युवा तथा खेलकुद समिति, बेनीघाट रोराङ–२ ले गरेको हो। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय युवा तथा खेलकुद प्रेमीहरूलाई खेलकुदको माध्यमबाट स्वास्थ्य र सामुदायिक सहभागितामा…
धादिङ — बेनीघाट–रोराङ गाउँपालिका–५, चौकीटारस्थित अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भरतपुर महानगरपालिका, चितवन निवासी फुटबलर प्रकाश भुजेललाई सम्मान गरेको छ। स्थानीय स्तरबाट फुटबल यात्राको सुरुवात गरेका भुजेलले आफ्नो समर्पण, अनुशासन र मेहनतका माध्यमबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको सफलता हासिल गरेका छन्। फुटबल क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका उनको सम्मानमा प्रतिष्ठानले “स्व. अञ्जन स्मृति कप–२०८२” को समापन अवसरमा सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल सिलवाल, संयोजक सुजन भट्टराई र प्रमुख अतिथि **कृष्ण ब. थपलिया (विवेक)**ले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्दै प्रकाश भुजेलको योगदानप्रति गर्व प्रकट गरेका थिए।
धादिङ । स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्न बेनीघाट रोराङ गाउँपालिकाले “शैक्षिक सुझाव तथा सुझाव संकलन गोष्ठी” आयोजना गर्ने भएको छ। गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा असोज ३१ र कात्तिक १ गते दुई दिनसम्म चल्ने सो गोष्ठी पदम चौर आधारभूत विद्यालय, वडा नं. १०, पदमचौर गाउँमा हुनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर पौडेललेका अनुसार सो कार्यक्रमका लागि वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक संगठनका प्रतिनिधि, अभिभावक तथा सरोकारवालालाई सहभागी हुन अनुरोध गरिएको छ। गोष्ठीमार्फत विद्यालय शिक्षाको वर्तमान अवस्था, सिकाइ उपलब्धि, शिक्षकको पेशागत क्षमता, विद्यार्थीको मनोबल अभिवृद्धि, विद्यालयमा अनुशासन, पाठ्यक्रम कार्यान्वयन, शिक्षक हाजिरी, अभिभावक सहभागिता, र विद्यालयको समग्र…
दोहा (कतार), असोज २७ / अक्टोबर १३ — राज श्रेष्ठ “समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले २५औँ वार्षिक साधारण सभा तथा विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। गत शुक्रबार (अक्टोबर १०, २०२५) सनैया स्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धादिङ सेवा समाज कतारका अध्यक्ष आयुष घलेले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललितकुमार तामाङ रहनुभएको थियो भने, विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष…
धादिङ, बेनीघाट बिशालाटार निवासी ५८ वर्षीय राजकुमार बिसुराल आज पनि समाजसेवामा सक्रिय रूपमा लागिरहनुभएको छ। स्थानीय खेलकुद प्रतियोगितादेखि लिएर दुर्घटनासम्मका घटनामा फर्स्ट एड बक्स बोकेर पुग्ने उहाँ, घाइतेलाई तत्काल उपचार प्रदान गर्न सधैं तत्पर रहनुहुन्छ। खेलकुदका मैदानमा जब कुनै खेलाडी घाइते हुन्छ, उहाँ तुरुन्तै दौडिएर पुग्नुहुन्छ र प्राथमिक उपचार दिनुहुन्छ। बेनीघाट र आसपासका क्षेत्रमा हुने विभिन्न सामाजिक तथा आकस्मिक घटनामा पनि उहाँको उपस्थितिले राहत मिल्ने गरेको छ। “समाज सेवा नै मेरो मुख्य धर्म हो,” भन्नुहुन्छ बिसुराल। उमेरले ५८ पुगे पनि जोश, उत्साह र सेवाभावमा उहाँ कुनै युवाभन्दा कम देखिनुहुन्न। उहाँको निरन्तर योगदानले स्थानीय समुदायमा प्रेरणा दिएको छ। यदि स्थानीय…
धादिङ– तेस्रो स्वर्गीय अञ्जन स्मृति कप २०८३ खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको मझिटार खेलमैदानमा खुल्ला फुटबल प्रतियोगिता सुरु गरिएको हो । आज भएको उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौं विजयी भएका छन् । धुनीवेसी युवा क्लवलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पछि पार्दै सोल्टी नेपाल काठमाडौंले विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत नतिजा टुंग्याइएको थियो। प्रतियोगितामा १३ वटा टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । फुटवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख र द्धितिय हुने…
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज २४ गते हुने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। अतिथी निमन्त्रणा सहित सहभागीहरुलाई फोन सम्पर्क भईरहेको कार्यक्रम संयोजक बद्री खतिवडाले जानकारी दिनुभयो । जिल्लाको १३ वटै पालिकाबाट माध्यमिक विद्यालय पढ्ने विद्यार्थीहरुको सहभागिता रहने समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । युवा पुस्ताको चाहना ः असल नेतृत्व र इमान्दार राजनिति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका हुने भएको संस्थाका महासचिव बाबुकाजी भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि धादिङका १३ स्थानीय तहबाट ३२ जना विद्यार्थी छनोट भएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार तृतिय पुरस्कार २० हजार, चौँथो पुरस्कार १० हजार र पाँचौ…
धादिङ -जेन-जी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् । यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताउनुभयो । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ । यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ?…
धादिङ, धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–८ मा अवस्थित ऐतिहासिक रामकोट दरबारलाई संरक्षण र पुनःनिर्माण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम अघि बढाइएको छ। करिब पाँच सय वर्ष पुरानो मानिने यो दरबार क्षेत्रमा हाल नगरपालिका र वडाको पहलमा सरसफाइ, रंगरोगन र संरचनागत सुधारका कार्य भइरहेको छ। दशैँतिहारको अवसरमा दरबार वरिपरि बनाइएको ठूलो ८ पिर्के रङगटे पिङ खेल्न र घुम्न आउने भीडका कारण यो स्थल अझै आकर्षक बनेको छ। यसै क्रममा, नगरपालिका र प्रदेश सरकारको बजेट सहयोगमा ऐतिहासिक व्यक्तित्व राजा राम शाहाको शालिक निर्माण गरिएको छ। शालिक अनावरणसँगै दरबार परिसरको ऐतिहासिक र सांस्कृतिक महत्व झनै प्रष्ट भएको छ। वडा अध्यक्ष प्रकाश कुमार…