Skip to main content

Sacho Khabar

धादिङ सेवा समाज कतारको २५औँ वार्षिक सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा (कतार), असोज २७ / अक्टोबर १३ — राज श्रेष्ठ

“समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले २५औँ वार्षिक साधारण सभा तथा विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

गत शुक्रबार (अक्टोबर १०, २०२५) सनैया स्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धादिङ सेवा समाज कतारका अध्यक्ष आयुष घलेले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललितकुमार तामाङ रहनुभएको थियो भने,
विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल,
नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ लगायत विभिन्न संघ–संस्था, पत्रकार, कलाकार, फोटोग्राफर र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य समाजकी सह–कोषाध्यक्ष अनिता तामाङले गर्नुभएको थियो भने,
कार्यक्रमको उद्देश्यबारे सचिव अम्बर बहादुर गुरुङले जानकारी दिनुभएको थियो।

वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष राज श्रेष्ठले र प्रगति प्रतिवेदन महासचिव रामहरी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनको मुद्रित प्रति उपस्थित अतिथिहरूमा वितरण गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूले वातावरण झनै उत्साहपूर्ण बनेको थियो।
धादिङकी प्रतिभावान चेली शिवानी घलेले अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रदर्शन प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो।
त्यसैगरी, मंगली तामाङ र शान्ति तामाङले मनमोहक स्वागत नृत्य प्रस्तुत गर्नुभयो।

सरला तामाङ, एलिसा राई, सुजन गुरुङ, सुमित्रा भट्टराई, सपना मगर, लक्ष्मी कार्की, सिर्जना कुँवर, रामहरि चौलागाईं, सृष्टि लामा, सरिता बान्तवा राई, प्रिया तामाङ, सानुमाया गुरुङ र सकुर जस्मिन लगायतका कलाकारहरूको उत्कृष्ट प्रस्तुति पछि कार्यक्रम झनै रंगीन र आकर्षक बनेको थियो।

विभिन्न सामाजिक तथा संस्थागत प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिँदै समाजको निरन्तर योगदान र एकताको भावना प्रशंसनीय रहेको उल्लेख गरे।
सल्लाहकार सुवास तामाङ, विशेष सल्लाहकार धिरेन तामाङ, संरक्षक कविन्द्र कँडेल लगायतका वक्ताहरूले समाजको सामाजिक उत्तरदायित्व र एकताको भावना उच्च रहेको बताए।

प्रमुख अतिथि ललितकुमार तामाङले आफ्नो मन्तव्यमा “शिक्षा, एकता र सामाजिक उत्तरदायित्व” लाई समाजको बलियो आधारका रूपमा उल्लेख गर्दै,
२५ वर्षको यात्रामा धादिङ सेवा समाज कतारले सेवामुखी, प्रेरणादायी र अनुकरणीय भूमिका निर्वाह गरेको प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन मन्तव्य समाजका अध्यक्ष आयुष घलेले गर्नुभयो।
उहाँले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, नैतिक, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, अतिथि, प्रायोजक, सञ्चारकर्मी, कलाकार, स्वयंसेवक र उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन र सहजीकरण महासचिव रामहरी श्रेष्ठले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...