दोहा (कतार), असोज २७ / अक्टोबर १३ — राज श्रेष्ठ “समाजसेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले २५औँ वार्षिक साधारण सभा तथा विजयादशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। गत शुक्रबार (अक्टोबर १०, २०२५) सनैया स्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धादिङ सेवा समाज कतारका अध्यक्ष आयुष घलेले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललितकुमार तामाङ रहनुभएको थियो भने, विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष…