Skip to main content

Sacho Khabar

धादिङबेसी , पौवा ,रिजालथोक,भैरवी मन्दिर हुँदै गुप्तेश्वरसम्मको बाइक यात्रा, बालबालिकामा खुशी बाँड्दै राइडरहरू

धादिङ — काठमाडौं इन्फिल्डर्स क्लबका बाइक राइडरहरूको टोलीले धादिङबेसी पौवा घर, रिजालथोक, भैरवी मन्दिर हुँदै भैरवी माध्यमिक विद्यालय पुगेर ७० जना बालबालिकालाई विद्यालय झोला र स्टेशनरी सामग्री वितरण गरेको छ।

क्लबका सदस्य रियाज पौडेलका अनुसार, “हामी जहाँ घुम्न जान्छौं, त्यहाँ केही न केही सामाजिक सहयोग गर्ने प्रयास गर्छौं,” भन्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

उक्त टोलीले भैरवी मन्दिर भ्रमणपछि प्रसिद्द धार्मिक स्थल गुप्तेश्वर मन्दिर हुँदै हाइवे निक्लिएको थियो। धादिङमा बाइक राइड गर्नका लागि निकै उपयुक्त र रमणीय रुट रहेको समेत राइडरहरूको भनाइ छ।

यहाँका स्थानीय जनताहरूले बाइक राइडरहरूको सहयोग र आगमनप्रति हार्दिक माया र स्वागत गरेका छन्। उनीहरूले यो क्षण अबिस्मरणीय रहेको समेत बताएका छन्।

इन्फिल्डर्स क्लबले आगामी दिनमा पनि सहयोगका कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...