Skip to main content

Sacho Khabar

“अन्तरिम सरकारले निर्वाचन गराउन सक्दैन” — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको दाबी

धादिङ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने दाबी गरेका छन् । अराजकता र असुरक्षाका कारणले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट पारे ।

‘जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता भएका छैनन् । ठूलो सङ्ख्यामा कैदीहरु फरार छन्’ उनले भने- ‘अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सम्भव छैन।’

त्यसैगरी, नेकपा एमाले निर्वाचन विरोधी नभएको बताएका छन्। ‘एमाले निर्वाचनसँग कहिल्यै पछि हट्ने वा डराउने पार्टी होइन । देशलाई स्थायित्व र लोकतान्त्रिक दिशामा लैजानका लागि छिटो भन्दा छिटो जनमतमा जानुको विकल्प छैन । तर विडम्बना यो सरकारले निर्वाचन गराउन सक्दैन ।’

‘अहिले देश अन्योलतातिर धकेल्लिरहेको छ । यसको समाधान जनताको म्यान्डेटबाट मात्रै सम्भव छ। एमाले जनताको शक्तिमा विश्वास गर्छ, संवैधानिक बाटोबाटै स्थायित्व ल्याउन खोज्छ’  उनले भने ।

‘जनतामा नयाँ राजनीतिक चेतना जगाएको र एमालेले त्यसका जायज मागहरूको समर्थन रहेको बताएका छन्। युवा पुस्तामा असन्तुष्टि मात्र होइन, राजनीतिक सुधारप्रतिको आकांक्षा पनि उजागर गरेको छ। हामी परिवर्तनका आन्दोलनबाट कहिल्यै टाढा भएका छैनौं। देशको नेतृत्व फेरि जनताको साथमा एमालेलाई फर्किनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...