Skip to main content

Sacho Khabar

गल्छी आन्तरिक राजस्व कार्यालयद्वारा अम्बिका खड्कालाई उत्कृष्ट करदाता सम्मान

धादिङ, — आन्तरिक राजस्व कार्यालय गल्छीले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट करदाताको रुपमा राज्यको राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने करदातालाई सम्मान गरेको छ।

उक्त अवसरमा आर्जित कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. का अम्बिका खड्का ज्यूलाई कार्यालयको तर्फबाट सम्मान–पत्र हस्तान्तरण गरिएको हो। कर कटानी तथा करदाताको दायित्व पालनामा आदर्श दृष्टान्त प्रस्तुत गरेको भन्दै कार्यालयले उहाँलाई उच्च कदर गरेको जनाएको छ।

कार्यक्रम “कर प्रणालीको साथ, लगानीको आधार” भन्ने नारासहित आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीले पारदर्शी कारोबार, समयमै कर दाखिला तथा स्रोत व्यवस्थापनमा अनुकरणीय भूमिका निर्वाह गर्ने करदाताहरू राष्ट्र निर्माणका मुख्य आधार भएको बताए।

 

उनले नियमित कर योगदान गर्ने व्यवसायीले पाउने सम्मानले स्थानीय व्यवसाय समुदायलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे।

त्यस्तै, कार्यक्रममा सहभागी आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले आधुनिक कर प्रणाली, कर प्रशासन सुधार तथा करदाताको हकहित संरक्षणबारे विस्तृत जानकारी प्रदान गर्दै उच्च कर योगदान गर्ने व्यवसायीहरूप्रति कृतज्ञता व्यक्त गरे।

राजस्व संकलनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले करदाताको विश्वास जित्ने वातावरण निर्माण गर्नु विभागको प्रमुख प्राथमिकता रहेको बताए।

सम्मानित करदाता श्री अम्बिका खड्काले कर तिर्नु नागरिकको कर्तव्य मात्र नभई विकसित राष्ट्रको आधार भएको बताए। उहाँले भविष्यमा पनि जिम्मेवार र पारदर्शी व्यवसायिक सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै,
कम्पनीले आफ्नो व्यवसायिक दायित्व पूरा गर्नुका साथै शिक्षा, स्वास्थ्य, संरचना निर्माण, सामाजिक सहयोगजस्ता क्षेत्रमा समेत निरन्तर योगदान दिँदै सार्वजनिक हितका कार्यहरू गर्दै आएको हुँदा यसको प्रशंसनीय छवि झनै मजबुत बन्दै गएको छ ।कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार डल्लाकोटीको समेत उपस्थिति रहेको थियो

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरी उत्कृष्ट करदाताको सूचिमा परेका अम्बिका खड्का बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा अवस्थित आर्जित कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालक हुन्।

उक्त सम्मान कार्यक्रम वि.सं. २०८१ साल मंसिर १ गते गल्छी धादिङमा सम्पन्न भएको थियो। कार्यक्रममा करदाताहरू, स्थानीय प्रतिनिधि, व्यवसायी तथा सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...