Skip to main content

Sacho Khabar

सिद्धलेक–५ चेकबाङ पोखरीस्थित श्री बाग्बच्छलादेवी मन्दिरमा फुलको डोली लैजाने तयारी पुरा

धादिङ:-धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–५, चेकबाङ पोखरीमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण श्री बाग्बच्छलादेवी देवी मन्दिरमा आज बेलुका (कार्तिक १८ गते) कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बाजागाजासहित फुलको डोली लैजाने तयारी गरिएको छ।

सो अवसरमा स्थानीय बासिन्दा तथा भक्तजनहरूको उपस्थितिमा मन्दिरका पुजारी चेतुनाथ खनालको घरबाट फुलको डोली, नाचगानसहित निकालिने भएको छ।

त्यसैगरी,
• चापखोला निवासी समाजसेवी बुद्धबहादुर गुरुङको घरबाट पञ्चेबाजासहित फुलको डोली,
• सुकैरोबेसी निवासी टंकबहादुर श्रेष्ठको घरबाट फुलको डोली,
• र तिनघरे निवासी मानबहादुर श्रेष्ठको घरबाट फुलको डोली लैजाने तयारी गरिएको छ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन बागछल्ला देवी मन्दिर परिसरमा मेला लाग्ने परम्परा रहिआएको मन्दिरका पुजारी चेतुनाथ खनालले जानकारी दिनुभयो।

यहाँ आफूलाई गारो–सारो पर्दा देवीसँग भाकल गरेर मनोकामना पूरा भएपछि बलि चढाउने चलन रहिआएको छ।
स्थानीय आयोजकहरूले सबै भक्तजन र श्रद्धालुहरूलाई मेलामा उपस्थित भएर दर्शन गर्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...