धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो। उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले…
धादिङ :धादिङको सदरमुकाम धादिङबेसीमा मंगलबार स्थानिय तहको नीति योजना र बजेटका विषयमा नागरिक बहस कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्थानीय सरकारको नीति निर्माण, बजेट निर्माण प्रक्रिया तथा त्यसमा नागरिक सहभागिता र पारदर्शिताको विषयमा विस्तृत छलफल गरिएको थियो । स्थानीय तहमा नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नीति, योजना र बजेट जनउत्तरदायी ढंगले बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले नीति निर्माणको प्रक्रियामा जनताको सुझावलाई प्राथमिकता दिनुपर्ने र बजेट निर्माणमा स्थानीय आवश्यकतालाई समावेश गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न सरोकारवाला…
धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
धादिङ : धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले शुक्रबार लाई बुक फ्राइडे रुपमा विभिन्न क्रियाकलाप गरेर मनाएको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ र २ का विधार्थी भाइबहिनिहरुले घरबाट आफै कागती लेराएर कागतिको जुस बनाएर एकअर्कामा बाडेर खाएका थिए त्यसैगरी कक्षा ३ देखि ९ का विधार्थीहरु Memory Test कार्यक्रममा समावेश भै २९ प्रकारका सामाग्रीहरु जम्मा ५ मिनेटमा सम्झैदै लेख्ने कोशिश गरेका थिए! विधालयका प्रधानाध्यापक प्रयास रेग्मिले विधालयले विशेषगरी शुक्रबार विभिन्न अतिरिक्त क्रीयाकलाप संचालन गरि बालबालिकाको सर्वाङिण विकासमा जोड दिदै आएको कुरा बताउनुभयो । हरेक हप्ता अतिरिक्त क्रियाकलाप गाराउदै आएको न्यू किबोले गत हप्ताको शुक्रवार दुबोको…
धादिङ, धादिङमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज दिउसो वर्षा भएपछि मौसम चिसो भई गर्मीबाट राहत मिलेको हो । यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको दक्षिण क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धादिङबेसी र आसपासको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धादिङबेसीका स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति वागमती…
धादिङ । धुनिबेसी नगरपालिका क्षेत्रमा रहेका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनमा विभिन्न अनियमितता फेला परेको छ। अनुगमन टोलीले पाँच होटललाई जरिवाना गरेको छ भने म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा होटलहरूमा बिना दर्ता व्यवसाय सञ्चालन, म्याद गुज्रेका वस्तु बिक्री, बिल नबनाउने, सरसफाइमा लापरवाही तथा सामानमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको हो। अनियमितता भेटिएका होटलहरूमा आँदीखोला होटल, न्यू आँदीखोला होटल, ग्रीन गार्डेन होटल, साथीभाइ खाजाघर एन्ड होटल र फास्ट एन्ड इजी क्याफे रहेका छन्। ती होटलहरूलाई क्रमशः ५० हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी गराइएको छ। अनुगमन टोलीले बजार…
मोटरसाइकलमा खोलाको किनारमा आइपुग्छ। उता दुई बहिनीहरु खोलाको भी्त्तामा उभिएर रुँदै चिच्याइरहेका हुन्छन्। खोलामध्ये डुंगामा चढेका केही मानिस उद्दारका लागि दौडिदै आइरहेका हुन्छन्। उनीहरु झ्याप्पै अर्को भेट हुन्छ मेरो बहिनीलाई के भयो?’ भनेर हल्ला मच्चाउँछन्। रेडक्रसको टोली फटाफट स्ट्रेचर बोक्दै घाइतेलाई प्राथमिक उपचार गरेर एम्बुलेन्सतर्फ लगिरहेको हुन्छन्।हेर्दा साँच्चैको दुर्घटनाझैँ लागे पनि यो केवल कृतिम अभ्यास (सिमुलेसन) मात्र थियो । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनारको गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारकाे अभ्यास गरिएकाे हाे । आज…
धादिङको गजुरी गाउँपालिका -५ मा रहेको गलौदीको खेलमैदानमा जेष्ठ २२गते देखि २६ गते सम्म प्रथम पिण्डेश्वरी कप हुने भएको छ । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेल्कुद " भन्ने मूल नाराका साथ गलौदी युवा क्लव,च्याङ्ली युवा क्लव र पिण्डेश्वरी युवा क्लवको संयुक्त आयोजनामा प्रथम पिण्डेश्वरी कप Open 7A-Side Knockout Footbal Tounrnament हुन लागेको च्याङ्ली युवा क्लवको अध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पण्डितले जनाएको छ । कार्यक्रमको उद्घाटन जेष्ठ २२ गते बिहान८ बजे गजुरी गाउँपालिकाको अध्यक्ष गणेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार , द्धितीया हुने टिमले २० हजार नगत तथा उत्कृष्ट हुने…
मकवानपुर : ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौंले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङ्ग( कालिवन ) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै वाग्मती प्रदेशमा रहेका करिब ६ लाख किसानहरुको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । वाग्मती प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने श्रेष्ठले बताए । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२, बलम्बुमा वि.सं. २०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोस्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४…
धादिङ : दोलखाको चरिकोटमा भएको १५ औं बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्ण सहित १९ पदक जितेको छ । आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि पदक संख्या बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको तामाङले बताउनुभयो । प्रदेश भित्रको १३ जिल्ला सहभागी प्रतियोगितामा काठमाडौँ ३४ स्वर्ण, १७ रजत र ७ कास्य सहित पहिलो, ललितपुर १२ स्वर्ण, ९ रजत र १२ कास्य सहित दोस्रो, भक्तपुर ५ स्वर्ण, ५ रजत र १४ कास्य सहित तेस्रो, मकवानपुर ४ स्वर्ण, ७ रजत र ४ कास्य सहित चौथौ, धादिङ २ स्वर्ण, ५ रजत र ११ कास्य सहित पाँचौँ भएको छ । त्यस्तै चितवन…