Skip to main content

Sacho Khabar

धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्म्पन्न

धादिङ : बागमती प्रदेशमै पहिलोपटक धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले धादिङलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक घोषणा गरेको हो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्नुभयो। उहाँले भने, “प्रदेशका अन्य जिल्लाहरूका लागि धादिङले प्रेरणादायक उदाहरण पेश गरेको छ। तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धिहरू सम्भव हुँदैनन्।”

मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता नै खोप सुनिश्चितताको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, पालिकाका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू तथा स्वास्थ्यकर्मीहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा खोप सेवा विस्तार, नीतिगत निर्णय, स्थानीय नेतृत्व र समर्पणको उच्च मूल्याङ्कन गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

समारोहमा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। उहाँले जिल्लाको स्वास्थ्य अवस्थाको प्रगति र योगदानमाथि प्रकाश पार्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप प्रोत्साहनस्वरूप सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमले धादिङमा स्वास्थ्य सेवामा स्थानीय स्वामित्व, समावेशी सहभागिता र दिगो सहकार्यको अभ्यास स्थापित भएको प्रमाणित गरेको आयोजकहरूको भनाइ थियो। अब यो उपलब्धिलाई अन्य जिल्लाहरूमा पनि विस्तार गरी समान प्रतिबद्धता र समन्वयमार्फत पूर्ण खोप सुनिश्चितताको अभियान अघि बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...