धादिङ : नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुने जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयाे । बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समुहगत छलफल हुने बताइएको छ। कार्यक्रममा प्रत्येक पालिका अनुसार समूहगत छलफल गरी प्रस्तुती दिने व्यवस्था मिलाइएको छ।
धादिङ : बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो ।अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारीह ीगर्ने, सरकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताउनुभएको छ । क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर…
धादिङ : बागमती प्रदेशमै पहिलोपटक धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले धादिङलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक घोषणा गरेको हो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्नुभयो। उहाँले भने, “प्रदेशका अन्य जिल्लाहरूका लागि धादिङले प्रेरणादायक उदाहरण पेश गरेको छ। तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धिहरू सम्भव हुँदैनन्।” मन्त्री थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोतको उपयोग, स्वामित्व र…
धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो। उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले…