Skip to main content

Sacho Khabar

नागरिक समाज धादिङद्वारा “स्थानिय तहको निति , योजना र बजेट “सम्बन्धि नागरिक बहस सम्पन्न ।

धादिङ :धादिङको सदरमुकाम धादिङबेसीमा मंगलबार स्थानिय तहको नीति योजना र बजेटका विषयमा नागरिक बहस कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा स्थानीय सरकारको नीति निर्माण, बजेट निर्माण प्रक्रिया तथा त्यसमा नागरिक सहभागिता र पारदर्शिताको विषयमा विस्तृत छलफल गरिएको थियो । स्थानीय तहमा नागरिकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नीति, योजना र बजेट जनउत्तरदायी ढंगले बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिहरूले नीति निर्माणको प्रक्रियामा जनताको सुझावलाई प्राथमिकता दिनुपर्ने र बजेट निर्माणमा स्थानीय आवश्यकतालाई समावेश गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न सरोकारवाला संघ संस्थाहरुको आयोजनामा सञ्चालन भएको कार्यक्रममा स्थानिय तहहरुले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासको लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकाली तथा दीर्घकालीन विकास योजना बनाई लागू गर्नुपर्ने लगायतका विषयमा प्यानल डिस्कसन, छलफल गरिएको थियो ।

प्यानल डिस्कसमा समग्र उद्योग, रोजगार, व्यवसायमा लगानीको वातावारण सिर्जना लगायतका विषयमा धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रामकुमार डल्लाकोटीले आफ्नो धारणा राख्नुभएको थियो । भने धादिङको ३ ओटै क्षेत्रमा उद्योग वाणिज्य संघको शाखा रहने गरि कार्य गर्ने र त्यहाँ रहेका उद्योगीहरुको समस्यालाई पहिचान गर्दै समाधानका उपाय खोजी गर्ने बताउनुभयो ।


यस्तै नेत्र पौडेलले सहकारीको समस्या, चुनौती, समाधानका उपायहरु र स्थानिय तहले खेल्नुपर्ने भूमिकाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । यस्तै प्रयास नेपालका कार्यकारी निर्देशक एवं बाल अभियन्ता दामोदर अर्यालले वालवालिका, उनिहरुले पाउनुपर्ने शिक्षा र विद्यालयको भुमिक तथा स्थानिय तहसँगको समन्वयका विषयमा धारणा राख्नुभएको थियो ।

२ चरणमा भएको प्यानल डिस्कसनमा वर्तमान शिक्षाको अवस्था, रोजगारी सिर्जन गरिने प्राविधिक शिक्षाका विषयमा डा.नविनबन्धु पहाडीले धारणा राख्नुभयो भने स्वास्थ्यका विषयमा ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले नागरिकहरुमा बढ्दै गएको नसर्ने रोगको जोखीमको अवस्था र ज्वालामुखी गाउँपालिकाको भावी योजनाका विषयमा बताउनुभएको थियो । यस्तै नेत्री देवी पाण्डेले वालवालिका, महिला, एकल महिलाका क्षेत्रमा स्थानिय तहले बजेट विनियोजनलाई प्राथमिकतामा राख्नुपर्ने धाराण राख्नुभएको थियो ।

रेडियो धादिङका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको प्यानल डिस्कसन डा.कृष्णमान शाक्य र डा.प्रताप छत्कुलीले सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...