Skip to main content

Sacho Khabar

शिक्षा

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न ।

धादिङ :धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताएका छन् । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ । विदेश होइन देशमै रोजगारी सिर्जना गर्छाै’ उनले भने– ‘हामी युवालाई विदेशी भूमिमा पसिना बगाउने भन्दा आफ्नै भूमिमा सम्भावना सिर्जना गर्न चाहन्छौं । यो मेला स्वदेशमै सम्भावना खोज्ने कोसिस हो…
Read More
न्यु किबो बोर्डिङ स्कुलले शुक्रबार विभिन्न क्रीयाकलाप गरि बुक फ्री फ्राइडे मनाएको छ

न्यु किबो बोर्डिङ स्कुलले शुक्रबार विभिन्न क्रीयाकलाप गरि बुक फ्री फ्राइडे मनाएको छ

 धादिङ : धादिङबेसीमा रहेको न्यु किबो बोर्डिङले शुक्रबार लाई बुक फ्राइडे रुपमा विभिन्न क्रियाकलाप गरेर मनाएको छ । विधालयका अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ र २ का विधार्थी भाइबहिनिहरुले घरबाट आफै कागती लेराएर कागतिको जुस बनाएर एकअर्कामा बाडेर खाएका थिए त्यसैगरी कक्षा ३ देखि ९ का विधार्थीहरु Memory Test कार्यक्रममा समावेश भै २९ प्रकारका सामाग्रीहरु जम्मा ५ मिनेटमा सम्झैदै लेख्ने कोशिश गरेका थिए! विधालयका प्रधानाध्यापक प्रयास रेग्मिले विधालयले विशेषगरी शुक्रबार विभिन्न अतिरिक्त क्रीयाकलाप संचालन गरि बालबालिकाको सर्वाङिण विकासमा जोड दिदै आएको कुरा बताउनुभयो  ।   हरेक हप्ता अतिरिक्त क्रियाकलाप गाराउदै आएको  न्यू किबोले गत हप्ताको शुक्रवार  दुबोको…
Read More
बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षसंग अभिाभावक कार्यक्रम  प्रभावकारी  बन्दै

बेनिघाटरोराङ गाउँपालिकाको अध्यक्षसंग अभिाभावक कार्यक्रम प्रभावकारी बन्दै

धादिङ : बेनिघाटरोराङ गाउँपालिकाले आफ्नो अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएर धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रभावकारी बनाउँन अध्यक्षसंग अभिभावक अभियान संचालन गर्दै अभिभावकलाई जगाउन थालेको छ । विद्यालयका अभिभावकहरुसंग टोलमै र विद्यालय परसरमै पुगेर शिक्षाका सवालमा छलफल गर्ने र अभिभावकहरुलाई विद्यालयमा ध्यान दिन, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन, बालविवाह लगायतका कुरितिका विरुद्ध लाग्न प्रेरित गर्दै अध्यक्षसंग अभिाभावक कार्यक्रम संचालन गरिएको हो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा रहेको बाँसखर्क माविमा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थापलिया विवेक, गाउँपालिका…
Read More
धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु

धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु

धादिङ २३ जेठ उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा दुई दिने बृहत शैक्षिक सम्मेलन सुरु भएको  छ । शिक्षा क्षेत्रको गुणस्तरीय सुधारलाई लक्षित   गर्दै  कार्यक्रम  आयोजना गरिएको बृहत ‘शैक्षिक सम्मेलन’ को शुक्रबार गाउँपालिका अध्यक्ष रामसिंह तामाङले उद्धघाटन गर्नुभएको हो ।   सम्मेलनको उद्धघाटन सत्रमा शैक्षिक क्षेत्र उत्थानका लागि के के गर्ने भन्ने विषयमा पालिकाको जनप्रतिनिधि कार्यपालिका सदस्य स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा सरोकार निकायका प्रतिनिधि तथा शैक्षिक क्षेत्रका विज्ञहरूको बिचमा बृहत छलफल भएको छ । कार्यक्रममा सम्पुर्ण सरोकार वाला पक्षहरुबाट सुझावको मस्यौदा संकलन गरिएको छ भने उक्त सुझाव माथि सम्मेलनको समापन समारोहमा घोषणा गर्ने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । सम्मेलनमा शिक्षा…
Read More
न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ४८ मत सहित अभि भट्ट निर्वाचित हुनुभएको छ । भने उपकप्तानमा १ सय २१ मत सहित जेनिक राना मगर निर्वाचित हुनुभएको छ । विद्यालयमा शुक्रबार भएको मतदानको मतपरिणाम आज सार्वजनिक गरेको हो । कूल ५ सय १६ मतदाता मध्ये ४ सय ८३ मत खसेको थियो । भने खसेको मत मध्ये ४ मत बदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो । निर्वाचनमा हुने…
Read More
सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित  कप्तानमा राजन तामाङ  निर्वाचित

सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित कप्तानमा राजन तामाङ निर्वाचित

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल राधिका लामिछानेले बताउनुभयो । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का राजन तामाङ र नवराज सेन्चुरी प्रतिस्पर्धमा थिए । नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभयो । यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै…
Read More
२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो  १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

२२ स्वर्ण सहित नीलकण्ठ नगरपालिकाले जित्यो १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड

धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।   जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो ।   नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो । ३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। थाक्रेले…
Read More
वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

वार्तामा गएका शिक्षक नेता सिंहदरबारको गेटबाटै फर्किए

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका छन् । वार्ताका लागि गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’ विद्यालय शिक्षा ऐन…
Read More
बेनिघाट रोराङका सार्वजनिक पदमा रहेकाका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पुनः अनुरोध

बेनिघाट रोराङका सार्वजनिक पदमा रहेकाका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पुनः अनुरोध

 धादिङ -धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सार्वजनकि पद धारण गरेकाको परिवारका वालवालिकालाई सामुदायी विद्यालयमा पढाउन अनुरोध गरेको छ । वि.स. २०८० चैत्र १ गते बसेको सर्वदलीय सहित गाउँकार्यपालिकाको बैठकले राजनीतिक दलका प्रतिनीधि तथा सार्वजनिक पदमा बहाल रहेकाका परिवारलाई सामुदायीक विद्यालयमा भर्ना गरि अध्ययन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले सामुदायीक विद्यालयहरुलाई व्यवस्थीत र प्रभावकारी बनाई विद्यालय प्रतिको जिम्मेवारी र जवाफ देहिता मार्फत विद्यालयको शैक्षिक गुण्स्तरमा थप टेवा पु¥याउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया विवेकले बताउनु भयो । गत शैक्षिक शत्र देखि नै गाउँपालिकाले गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी,…
Read More
धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ। जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको १४औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो । आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागि…
Read More