Sacho Khabar

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ४८ मत सहित अभि भट्ट निर्वाचित हुनुभएको छ । भने उपकप्तानमा १ सय २१ मत सहित जेनिक राना मगर निर्वाचित हुनुभएको छ ।

विद्यालयमा शुक्रबार भएको मतदानको मतपरिणाम आज सार्वजनिक गरेको हो । कूल ५ सय १६ मतदाता मध्ये ४ सय ८३ मत खसेको थियो । भने खसेको मत मध्ये ४ मत बदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो ।

निर्वाचनमा हुने सम्पूर्ण प्रक्रिया पुरा गर्दै विद्यालयको वार्षिक क्यालेन्डर अन्तर्गत विद्यालय चुनाव २०८२ गरिएको विद्यालयले जनाएको छ । शैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मक, जिवन उपयोगी तथा व्यवहारिक ज्ञान पनि विद्यार्थीलाई दिनुपर्छ भन्ने उद्देश्यले निर्वाचन मार्फत कप्तान उपकप्ता चयन गरिएको उहाँले बताउनुभयो । विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निमित्त यस्ता अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने संयोजक भट्टले बताउनुभयो ।

यस्तै सदन अनुसार भएको निर्वाचनमा रातो सदन तर्फ ७६ मत सहित आकृष विक निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ५७ मत सहित वैभव अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै हरियो सदन तर्फ ३६ मत सहित समिप अधिकारी निर्वाचित हुनुभएको छ भने ६० मत सहित लोमस तामाङ उपकप्तानमा निर्वाचित हुनुभएको छ ।पहेँलो सदन तर्फ ४० मत सहित आदित सेञ्चुरी कप्तानमा निर्वाचित हुनुभएको छ भने ३४ मत सहित अभिमाया कंडेल उपकप्तानमा निर्वाचित हुनुभएको छ ।निलो सदन तर्फ ४१ मत सहित असिम बाँनिया कप्तानमा र ४७ मत सहित श्रृष्टि घले उपकप्तानमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित विद्यालयका नव कप्तान र उपकप्तानलाई आज सपथ ग्रहण पनि गराईएकोे छ । विद्यालयका प्रधानध्यापक प्रयास रेग्मीले शपथ ग्रहण गराउनुभएको हो ।नेतृत्व चयनको तरिका, यसको प्रक्रियाको बारेमा विद्यालय उमेरदेखि नै ज्ञान दिने उद्देश्यले प्रजातान्त्रि पद्धतीलाई अवलम्वन गर्दै निर्वाचन प्रक्रिया मार्फत विद्यालयको कप्तान र उपकप्तान चयन गरिएको प्रधानध्याकप रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...