Sacho Khabar

Day: २०८२ जेष्ठ १२, आईतवार

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ४८ मत सहित अभि भट्ट निर्वाचित हुनुभएको छ । भने उपकप्तानमा १ सय २१ मत सहित जेनिक राना मगर निर्वाचित हुनुभएको छ । विद्यालयमा शुक्रबार भएको मतदानको मतपरिणाम आज सार्वजनिक गरेको हो । कूल ५ सय १६ मतदाता मध्ये ४ सय ८३ मत खसेको थियो । भने खसेको मत मध्ये ४ मत बदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो । निर्वाचनमा हुने…
Read More
लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका विजय आले मगरसहि ४ जना पक्राउ

११ जेठ धादिङ  :काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी,   सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ र काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ  छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई जेठ ८ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताउनुभयो । उनीहरुबाट लागु औषध ट्रामाडोल १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान बरामद गरेको एसपी बोहराले…
Read More
मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

मनकामनामा शौचालयमा लडेर ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु

चितवन :चितवनको  इछाकमाना गाउँपालिका  कुरिनटारमा रहेको  केवलकार स्टेशनको शौचालयभित्र लडेर एक जना पर्यटकको मृत्यु भएको छ।  मृत्यु हुनेमा  गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो।मृत्यु के भएर भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको  चितवन प्रहरीले जनाएको छ ।
Read More