Skip to main content

Sacho Khabar

बेनिघाट रोराङका सार्वजनिक पदमा रहेकाका छोराछोरी सामुदायिक विद्यालयमै पढाउन पुनः अनुरोध

 धादिङ -धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सार्वजनकि पद धारण गरेकाको परिवारका वालवालिकालाई सामुदायी विद्यालयमा पढाउन अनुरोध गरेको छ । वि.स. २०८० चैत्र १ गते बसेको सर्वदलीय सहित गाउँकार्यपालिकाको बैठकले राजनीतिक दलका प्रतिनीधि तथा सार्वजनिक पदमा बहाल रहेकाका परिवारलाई सामुदायीक विद्यालयमा भर्ना गरि अध्ययन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले सामुदायीक विद्यालयहरुलाई व्यवस्थीत र प्रभावकारी बनाई विद्यालय प्रतिको जिम्मेवारी र जवाफ देहिता मार्फत विद्यालयको शैक्षिक गुण्स्तरमा थप टेवा पु¥याउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया विवेकले बताउनु भयो ।
गत शैक्षिक शत्र देखि नै गाउँपालिकाले गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विव्यसका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी तथा राजनैतिक दलका नेतृत्वदायी भुमिकामा रहेका व्यक्तिहरुलाई गत शैक्षिक शत्रबाट नै आफ्ना छोराछारीलाई नजिकको सामुदायीक विद्यालयमा पढाउन अनुरोध गरेको थियो । सोहि अनुरुप सामुदायीक विद्यालयमा आफ्ना वालवच्चा पढाउने सार्वजनिक व्यक्तिहरुलाई गाउँपालिकाले सम्मान पनि गरेको छ ।
शैक्षिक शत्र २०८२ मा पनि सार्वजनिक पद धारण गरेका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विव्यसका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी तथा राजनैतिक दलका नेतृत्वदायी भुमिकामा रहेका व्यक्तिहरुलाई पुनः आफ्ना सन्ततीहरुलाई सामुदायीक विद्यालयमा भर्ना गरि सामुदायीक विद्यालय प्रति विस्वास बढाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...