धादिङ -१९औं लोकतन्त्र दिवसको अवसरमा आज जिल्लाको सदमुकाम धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र तथा लोकतन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो । पुछार बजार एमाले चोकमा आज साँझ नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् । संविधान सभा सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लोकतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । कमी कमजोरीलाई सुधार गरेर लोकतान्त्रिक गणतन्त्रलाई भरपुर सबल बनाउनु पर्छ´…
धादिङ -धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सार्वजनकि पद धारण गरेकाको परिवारका वालवालिकालाई सामुदायी विद्यालयमा पढाउन अनुरोध गरेको छ । वि.स. २०८० चैत्र १ गते बसेको सर्वदलीय सहित गाउँकार्यपालिकाको बैठकले राजनीतिक दलका प्रतिनीधि तथा सार्वजनिक पदमा बहाल रहेकाका परिवारलाई सामुदायीक विद्यालयमा भर्ना गरि अध्ययन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले सामुदायीक विद्यालयहरुलाई व्यवस्थीत र प्रभावकारी बनाई विद्यालय प्रतिको जिम्मेवारी र जवाफ देहिता मार्फत विद्यालयको शैक्षिक गुण्स्तरमा थप टेवा पु¥याउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख कृष्ण बहादुर थपलिया विवेकले बताउनु भयो । गत शैक्षिक शत्र देखि नै गाउँपालिकाले गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी,…