धादिङ, नीलकण्ठ– । पतञ्जलि योग समिति अन्तर्गत रहेको बगैंचा योग साधना केन्द्र, नीलकण्ठ नगरपालिका–८ को पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष सोही साधना केन्द्रका प्रभारी बद्री सुबेदी थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य तथा योग गुरु केशब थपलिया, विशेष अतिथि जिल्ला प्रभारी गोबिन्द कुमार श्रेष्ठ, महिला पूर्व प्रभारी सरस्वती पाण्डे, हालकी महिला प्रभारी कमला देवी श्रेष्ठ, जिल्ला महामन्त्री राजकुमार श्रेष्ठ, मिडिया सूचना प्रभारी अम्बिका सुबेदी, जिल्ला सदस्य तथा राधाकृष्ण योग साधना केन्द्रकी सञ्चालिका राममाया बुढाथोकी लगायत दर्जनौँ अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा योग गीत, कृतन, योग व्यायाम प्रदर्शन लगायतका विविध प्रस्तुतीहरू गरिएको थियो। साथै, २०८२ सालको…
धादिङ — नीलकण्ठ नगरपालिका–४, पुरानो पावरहाउस पारिपट्टिको पचभैयामा निर्माण गरिएको निजी संरचनाका कारण करिब ४० रोपनी खेतीयोग्य जमिनमा गम्भीर असर परेको भन्दै किसानहरूले गुनासो गरेका छन्। स्थानीय किसानहरूको अनुसार, बागमती प्रदेशका मान्यज्यूको सिफारिसमा गत आर्थिक वर्षको सरकारी बजेट प्रयोग गरेर उक्त संरचना निर्माण गरिएको हो। तर, यसरी निजि संरचना मा सरकारी लगानिले सार्वजनिक हितको सट्टा केही निश्चित समूहलाई मात्र फाइदा पुर्याएको र अन्य किसानहरूको जीवनयापनमै धक्का पुगेको आरोप उनीहरूको छ। स्थानीय किसान रामकुमा श्रेष्ठ भन्छन्, “यो संरचना बनेपछि खेतमा पानी लाउन सकेको छैन गत चैते बालि बाझै राखियो यसपालि पनि , बाली सड्छ, खेती गर्न सकिंदैन कुलो पुरै बिगारेको…
धादिङ — साउन १० वातावरण र प्रकृति संरक्षणका लागि सामाजिक प्रतिबद्धता बोक्दै रोटरी क्लब अफ धादिङ तथा रोट्र्याक्ट क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित श्री देउराली माध्यमिक विद्यालय (प्राविधिक संस्था) को प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत आमला, एभोकाडो, अशोक, लिची, आँपजस्ता फलदायी विरुवा गरी ५० भन्दा बढी विरुवा रोपिएका छन्। कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. राम रिजाल, अशोक कुमार बस्नेत, चार्टर अध्यक्ष धु्रव थापा, रोट्र्याक्ट अध्यक्ष श्रीकृष्ण रिजाल, वडा नं. ८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश कोइराला, प्रधानाध्यापक रोहिणी प्रसाद कोइराला, क्लब सदस्य लगायतको सहभागिता रहेको थियो। रोटरी…
धादिङ– गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । शिविरमा दम, सुगर,…
धादिङ । नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे । १९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएकाे नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताउनुभयाे । नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएकाे वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
सेर्तुङ, धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित सेवा सुरू गरिएको छ । गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा सेवा प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए। नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । ‘अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ’, उनले भने, ‘अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।’ गाउँमै स्वास्थ्य सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिस यादवले जानकारी दिए । गाउँपालिकाले आफ्नो…
धादिङ : मृत्यु स्वाभाविक प्रक्रिया हो, तर मृत्युपछि गरिने अन्त्येष्टिमा आवश्यक पर्ने सामग्री संकलन अझैपनि धेरै परिवारका लागि चुनौती बन्ने गरेको छ। खासगरी आर्थिक रूपमा कमजोर तथा असहाय परिवारका लागि शव जलाउन दाउरा जोहो गर्नु ठूलो समस्या बन्ने गरेको पृष्ठभूमिमा, बेनिघाट रोराङ गाउँपालिका–७ ले सराहनीय कदम चालेको छ। वडाअध्यक्ष कुमार बस्नेतका अनुसार आज असार ८ गतेदेखि वडाभित्र निधन हुने व्यक्तिहरूको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा वडाबाटै निःशुल्क उपलब्ध गराइनेछ। अबदेखि परिवारजनले अन्त्येष्टिका लागि दाउरा खोज्न दौडधुप गर्नुपर्ने झन्झट अन्त्य भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए। “वडाभित्रका हरेक नागरिकलाई अन्तिम क्षणसम्म सम्मानजनक व्यवहार होस् भन्ने हाम्रो उद्देश्य हो। दाउराको अभावले कसैको संस्कार…
मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! नारायण कुमार श्रेष्ठ धादिङ रगतको महड्डव कति रहेछ भन्ने कुरा रगत लिएर नयाँ जीवन पाएको मानिसलाई मात्र महसुस हुन्छ । त्यसैले "रक्तदान जीवनदान" भनिएको हो । रगत मानव जीवन रक्षाको लागि विचित्र रुपमा नशा नशामा थोपा थोपाको माध्यमबाट महासागरको रुपमा चलायमान भइरहेको हुन्छ । मानव विकासको २१ औं शताब्दी पार गरिसक्दा पनि आजको दिनसम्म कुनै पनि वैज्ञानिकहरुले कृतिम रगत निर्माण गर्न सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हुन गएको छ । रगतलाई सहज, सुलभ र सर्वसुलभका साथै मर्यादित रुपमा घाइते तथा विरामीहरुलाई उपलब्ध गराउनका लागि नियमित रक्तदाताहरुले ठुलो भूमिका खेलेका…
धादिङ : नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुने जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयाे । बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समुहगत छलफल हुने बताइएको छ। कार्यक्रममा प्रत्येक पालिका अनुसार समूहगत छलफल गरी प्रस्तुती दिने व्यवस्था मिलाइएको छ।
धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो। उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले…