Skip to main content

Sacho Khabar

सरकारी पैसामा निजी संरचना निर्माणले ४० रोपनी खेतीयोग्य जमिनमा असर — किसानको गुनासो

 

धादिङ — नीलकण्ठ नगरपालिका–४, पुरानो पावरहाउस पारिपट्टिको पचभैयामा निर्माण गरिएको निजी संरचनाका कारण करिब ४० रोपनी खेतीयोग्य जमिनमा गम्भीर असर परेको भन्दै किसानहरूले गुनासो गरेका छन्।

स्थानीय किसानहरूको अनुसार, बागमती प्रदेशका मान्यज्यूको सिफारिसमा गत आर्थिक वर्षको सरकारी बजेट प्रयोग गरेर उक्त संरचना निर्माण गरिएको हो। तर, यसरी निजि संरचना मा सरकारी लगानिले सार्वजनिक हितको सट्टा केही निश्चित समूहलाई मात्र फाइदा पुर्याएको र अन्य किसानहरूको जीवनयापनमै धक्का पुगेको आरोप उनीहरूको छ।

स्थानीय किसान रामकुमा श्रेष्ठ भन्छन्, “यो संरचना बनेपछि खेतमा पानी लाउन सकेको छैन गत चैते बालि  बाझै राखियो यसपालि पनि , बाली सड्छ, खेती गर्न सकिंदैन कुलो पुरै बिगारेको छ, बाध पुरै भत्काएको छ राम्रो संग पानी चलाउन सकेको छैन ।हाम्रा खेत बाझै रहने भो । हाम्रो पुर्खाले जोतेको जमिन आज निजी निर्माणको मारमा पर्‍यो।”

बाँझिदै गएको जमिन, बढ्दो पीडा

पचभैयाका अधिकांश बासिन्दा कृषिमा निर्भर छन्। कसैले अधिया गरेर आफ्नो जिविका चलाइरहेका छ्न्।तर यस्ता संरचना निर्माणले अवरुद्ध गर्दा प्रत्येक वर्ष यहाँका जमिन बाझोँ पर्ने गरेको छ। यसले उत्पादनमा गिरावट ल्याएको छ भने किसानहरु बाजारको चामल किनेर खान बाध्य भएका छन्।

सरकारी मौनता प्रति आक्रोश

किसानहरूले पटक पटक  नगरपालिका र प्रशासन कार्यालयमा जानकारी दिएको भए पनि ठोस पहल नभएको उनीहरूको आरोप छ। “हामीलाई सधैं चुनावमा सम्झिन्छन्, समस्या पर्दा कोही नदेखिने,” स्थानीय किसान बेलमाया श्रेष्ठले भनिन्।

न्यायको माग

किसानहरूले तत्काल उक्त संरचनाको असरबारे अध्ययन गरी उचित मुआब्जा वा समाधान खोज्न सरकारसँग माग गरेका छन्। उनीहरूले किसानलाई मार पर्ने कुनै पनि काम नगर्न र योजनाहरू ल्याउँदा जनताको सहमति अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्।

भिडियो तल  को लिङकमा छ ।

AQOeV5Wn3akfAZ6gwJSP8u6VQ2xBumGp6RCXwDJVxA6x1ZReHIuo7kk-sDmIPqOULZ0FPfW4a9_GOLo_99dADI78dF3zsRUEf_pc7by7tLy7Kw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...