Sacho Khabar

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन ! -नारायण कुमार श्रेष्ठ

मानव जीवन रक्षाको लागि रगतको विकल्प छैन !
नारायण कुमार श्रेष्ठ  धादिङ
रगतको महड्डव कति रहेछ भन्ने कुरा रगत लिएर नयाँ जीवन पाएको मानिसलाई मात्र महसुस हुन्छ । त्यसैले “रक्तदान जीवनदान” भनिएको हो । रगत मानव जीवन रक्षाको लागि विचित्र रुपमा नशा नशामा थोपा थोपाको माध्यमबाट महासागरको रुपमा चलायमान भइरहेको हुन्छ । मानव विकासको २१ औं शताब्दी पार गरिसक्दा पनि आजको दिनसम्म कुनै पनि वैज्ञानिकहरुले कृतिम रगत निर्माण गर्न सकेका छैनन् । त्यसैले रगतको विकल्प रगत नै हुन गएको छ । रगतलाई सहज, सुलभ र सर्वसुलभका साथै मर्यादित रुपमा घाइते तथा विरामीहरुलाई उपलब्ध गराउनका लागि नियमित रक्तदाताहरुले ठुलो भूमिका खेलेका छन् ।

रक्तदाता बिना विरामीको जीवन रक्षा गर्ने कुरा कल्पना पनि गर्न सकिदैन । हामी नियमित रक्तदाताहरुले दिएको १ पोका रगतले यमराजको मुखमा पुग्न लागेको घाइते तथा विरामीहरुलाई खोसेर नयाँ जीवन, नयाँ खुसियाली ल्याउने अभुतपुर्व कार्य नियमित रक्तदाताहरुले निरन्तर रुपमा गरिरहेका छन् । हेरक रक्तदाताहरु जीवित देवता हुन् भन्ने कुरा मृत्युको मुखवाट फर्केका विरामीहरुबाट सुन्न पाइन्छ । यो नै नियमित रक्तदाताहरुको सम्पति हुन पुगेको छ । हाल नेपालका युवापुस्ताहरु विदेश पलायन भै रहेकाले रक्तदाताहरुको संख्यामा कमी आइरहेको छ ।

काठमाडौं, हेटौडा, चितवन, पोखरा, विराटनगर, जनकपुर, सुर्खेत, दाङ, विरेन्द्रनगर लागायत सहरी क्षेत्रहरुमा अत्याधुनिक अस्पताल र स्वास्थ्य उपकरणको विस्तार भएसँगै रगतको माग पनि उच्च हुन थालेको छ । रगतको माग अनुसार रक्तसंचार सेवा केन्द्रहरुले पर्याप्त रगत वितरण गर्न सकिरहेको छैन । यो तीतो सत्य हुन गएको छ । यसलाई सहज वातावरण बनाउनका लागि हामी सबै नियमित रक्तदाताहरु रक्तदान आयोजना गर्ने संघ संस्थाहरुसँग हातेमालो गर्दै रक्तदान सम्बन्धी उत्प्रेरणामुलक कार्यक्रम सहित जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने देखिन्छ ।

स्थानीय शिक्षामा नै रगत र रक्तदानको महष्ववको बारेमा पाठ्यक्रम समावेश गर्नुपर्ने देखिन्छ । यसको लागि स्थानीय सरकारले विभिन्न प्रतियोगिता जस्तैः वादविवाद, वक्तृत्वकला, चित्रकला, निबन्ध, हाजिरीजवाफ लगायत आन्तरिक प्रतियोगितामा रगत र रक्तदान सम्बन्धी जानकारी समावेश गर्नुपर्दछ । नागरिकता, राहदानी, मतदाता परिचय पत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र लगायत सम्पूर्ण क्षेत्रमा अनिवार्य रुपमा रक्तसमुह समावेश गर्न पहल गर्नुपर्दछ । यो अभियानलाई निरन्तरता दिएको खण्डमा रगत तथा रक्ततत्व व्यवस्थापन गर्न सहज सरल हुनेछ ।

सार्वजनिक स्थल पार्क, विद्यालय, सिनेमा घर, सार्वजनिक यातायातहरुमा रक्तदान सम्बन्धी सन्देशमुलक, सूचनामुलक सन्देशहरु होर्डिङ बोर्ड तथा व्यानरहरु लगाई प्रचारप्रसारको माध्यम बनाउँदै रगत र रक्ततत्वको बारेमा जनचेतनामुलक सन्देश प्रवाह गर्नुपर्दछ ।

स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिकाको साथै सामाजिक सञ्जालको माध्यमबाट रगत र रक्ततत्वको बारेमा सन्देशमुलक सूचना प्रकाशन गरेर युवा पुस्ताहरुलाई चलायमान गराउनुपर्ने देखिन्छ । मानव जीवनमा शरीरबाट हरेक १२० दिनको अन्तरालमा चाहेर वा नचाहेर पनि हाम्रो रगत दिसा,पिसाब, पसिना लगायत आन्तरिक माध्यमवाट पुरानो रगत नष्ट हुँदै नयाँ रगतको आगमन हुने भइरहने हुँदा हाम्रो शरीरबाट खेर जाने रगतले मृत्युवरण गर्न लागेको बिरामीको नयाँ जीवन सुरूवात हुन्छ भने हामीले किन नियमित रक्तदान नगर्ने ? स्वास्थ्यले साथ दिए सम्म घाइते तथा बिरामीको जीवन रक्षाको लागि हरपल हरसमय हामी नियमित रक्तदाताहरुले समय सापेक्ष रक्तदान गरिरहेका छौं ।

नेपालमा रक्तदानको सवालमा प्रथम रक्तदाता स्व. दयाविर सिंह कंसाकार हामी रक्तदाताहरुको लागि पथप्रदर्शक र प्रेरणाको पुञ्ज नै हो। साथै रक्तदान अभियानलाई निरन्तरता दिँदै थप ऊर्जा प्रदान गर्नका लागि प्रेम सागर कर्माचार्य १८१ पटक, महिला रक्तदाता निता घिरैया १५७ पटक, विरेन्द्र जोशी १४७ पटक र रामदेवी श्रेष्ठले १०७ पटक सम्म रक्तदान गरेर हामी नियमित रक्तदाताहरुलाई थप ऊर्जा प्रदान गर्नुभएको छ ।

जनसंख्या वृद्धि र प्रविधिको विकाससँगै नेपालमा वार्षिक ४ लाख पोका रगत माग भै रहेकोमा हालसम्म नियमित रक्तदाताहरुले नै पुर्ति गर्दै आइरहेको छन् । अब १ घर १ रक्तदाता अभियान सञ्चालन गरेर यो मानवीय जीवन रक्षाको अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ । १ जना रक्तदाताले दिएको रगतले ३ जना सम्म घाइते तथा बिरामीको जीवन रक्षा गर्न सकिन्छ । १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मको स्वस्थ व्यक्तिले ३-३ महिनामा नियमित रुपमा रक्तदान गर्न सकिन्छ । १८ वर्षको युवाहरुलाई जन्मदिनको अवसरमा रक्तदान गर्न घर परिवारले पनि प्रोत्साहन गर्नुपर्नेछ ।

धादिङ जिल्ला को हकमा २०६८ साल भाद्र २७ गतेबाट नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रक्तसंचार सेवा केन्द्र स्थापना गरेर निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । भाद्र २७ गते रक्तसंचार सेवा केन्द्र स्थापना गरेकै दिन बृहत् रक्तदान कार्यक्रम गरी १०९ जना स्वयंसेवक एवं रक्तदाताहरुबाट रगत जम्मा गर्न सफल हुनुको साथै उक्त वर्ष ३९८ जनाले रक्तदान गरेका थिए । स्थापना कालदेखि २०८१ पुष मसान्तसम्म २१०८२ जना रक्तदाताहरुले रक्तदान गरेर घाइते विरामीको जीवन रक्षा गरेर ठुलो गुन लगाउनु भएको छ ।

हामी रक्तदाताहरुले बिरामीलाई आत्मसन्तुष्टिको लागि दिएको रगत बिरामी तथा घाइतेहरुले पनि सहज सरल तबरले विना झन्झट निःशुल्क रुपमा पाउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरी निरन्तता दिनु पर्ने देखिन्छ । हामी नियमित रक्तदाताहरुले निरन्तर रक्तदान गरिरहँदा कसैको आमाबुबा, छोराछारी, आफन्तजनले नयाँ जीवन प्राप्त गरिरहेका छन् । यो कुनै सम्पत्ति वा पैसाले किन्न पाउने वस्तु होइन ।

रगतको विकल्प छैन यसको लागि रामवाणको रुपमा घाइते बिरामीहरुलाई माग भएअनुसार रगत नै प्रयोग गर्नुपर्ने भएको हुँदा हामी नियमित रक्तदाताहरुले दिएको रगत घाइते बिरामीको शरीरमा थोपा थोपाको माध्यमबाट सलबलाइरहने हुँदा रक्तदाताहरुको खुसी र आत्मसन्तुष्टि नै यही रक्तदान हुन गएको छ ।
“Every Blood Doner Is a Living

साभार -प्रज्ञा प्रवाह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...