Skip to main content

Sacho Khabar

रोटरी क्लब अफ धादिङको हरियाली अभियान – देउराली स्कुलमा ५० भन्दा बढी विरुवा रोपियो

धादिङ —  साउन १०

वातावरण र प्रकृति संरक्षणका लागि सामाजिक प्रतिबद्धता बोक्दै रोटरी क्लब अफ धादिङ तथा रोट्र्याक्ट क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित श्री देउराली माध्यमिक विद्यालय (प्राविधिक संस्था) को प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रम अन्तर्गत आमला, एभोकाडो, अशोक, लिची, आँपजस्ता फलदायी विरुवा गरी ५० भन्दा बढी विरुवा रोपिएका छन्। कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. राम रिजाल, अशोक कुमार बस्नेत, चार्टर अध्यक्ष धु्रव थापा, रोट्र्याक्ट अध्यक्ष श्रीकृष्ण रिजाल, वडा नं. ८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश कोइराला, प्रधानाध्यापक रोहिणी प्रसाद कोइराला, क्लब सदस्य लगायतको सहभागिता रहेको थियो।

रोटरी क्लबले हरेक वर्ष वृक्षारोपण कार्यक्रम गर्दै आएको छ। यस अभियानले पृथ्वी बचाउने, हरियाली प्रवर्द्धन गर्ने र समाजलाई सकारात्मक सन्देश दिने उद्देश्य राखेको छ।

रोटरी क्लब अफ धादिङले स्वास्थ्य, शिक्षा, संस्कृति संरक्षणलगायत क्षेत्रमा निरन्तर सामाजिक सेवा गर्दै आइरहेको पब्लिक चियर रोटेरियन भीम बहादुर श्रेष्ठले बताउनुभयो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...