धादिङ — साउन १० वातावरण र प्रकृति संरक्षणका लागि सामाजिक प्रतिबद्धता बोक्दै रोटरी क्लब अफ धादिङ तथा रोट्र्याक्ट क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित श्री देउराली माध्यमिक विद्यालय (प्राविधिक संस्था) को प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत आमला, एभोकाडो, अशोक, लिची, आँपजस्ता फलदायी विरुवा गरी ५० भन्दा बढी विरुवा रोपिएका छन्। कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. राम रिजाल, अशोक कुमार बस्नेत, चार्टर अध्यक्ष धु्रव थापा, रोट्र्याक्ट अध्यक्ष श्रीकृष्ण रिजाल, वडा नं. ८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश कोइराला, प्रधानाध्यापक रोहिणी प्रसाद कोइराला, क्लब सदस्य लगायतको सहभागिता रहेको थियो। रोटरी…