Skip to main content

Sacho Khabar

बगैंचा योग साधना केन्द्र धादिङको पाँचौं वार्षिकोत्सव सम्पन्न

धादिङ, नीलकण्ठ– । पतञ्जलि योग समिति अन्तर्गत रहेको बगैंचा योग साधना केन्द्र, नीलकण्ठ नगरपालिका–८ को पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष सोही साधना केन्द्रका प्रभारी बद्री सुबेदी थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य तथा योग गुरु केशब थपलिया, विशेष अतिथि जिल्ला प्रभारी गोबिन्द कुमार श्रेष्ठ, महिला पूर्व प्रभारी सरस्वती पाण्डे, हालकी महिला प्रभारी कमला देवी श्रेष्ठ, जिल्ला महामन्त्री राजकुमार श्रेष्ठ, मिडिया सूचना प्रभारी अम्बिका सुबेदी, जिल्ला सदस्य तथा राधाकृष्ण योग साधना केन्द्रकी सञ्चालिका राममाया बुढाथोकी लगायत दर्जनौँ अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा योग गीत, कृतन, योग व्यायाम प्रदर्शन लगायतका विविध प्रस्तुतीहरू गरिएको थियो। साथै, २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकाहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पुछार बजारको जिविका होटल हलमा सम्पन्न भएको हो। सो अवसरमा श्रावण १५ को अवसर पारेर खीर खाने कार्यक्रम पनि गरिएको थियो। खीर पकाएर सेवा गर्ने सम्पूर्ण सदस्यहरूलाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्।

बगैंचा योग साधना केन्द्रले जिल्ला भित्रका विभिन्न योग साधना केन्द्रहरू — जस्तै राधाकृष्ण, शीतल बजार, नारायणथान, गायत्री, बिन्दुकेशरा, भद्रकाली, दुर्गा मन्दिर, गौरीशंकर, सिद्धेश्वर, केदारेश्वर, सतेवती, गल्छी र लक्ष्मीनारायण — का प्रभारी तथा साधक साधिकाहरूलाई समेत आमन्त्रित गरी सधन्यवाद सहभागिता जनाइएको थियो।

त्यसैगरी, पत्रकार अशोक कुमार श्रेष्ठ, कल्पना थापा, एम्बुलेन्स सेवा परिचित नारायण कुमार श्रेष्ठ, बिन्दुकेशरा टोल सुधार समिति अध्यक्ष रामबहादुर श्रेष्ठ, योग खेलकुद अध्यक्ष राजेन्द्र कडेल र बबिता कडेलको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

राधाकृष्ण योग साधना केन्द्र, सुगमटोल परिवारले निमन्त्रणा स्वीकार गरी साथ दिएकोमा आयोजक बगैंचा योग साधना केन्द्र परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...