धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बोमराङमा अवस्थित बोमराङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दशैँको अवसरमा धादिङ सेवा समाज दोहा, कतारले ९५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । नयाँ बर्ष २०८२ अवसरमा कतारमा गरिएको सांस्कृतिक कार्यक्रममा संकलित मुनाफाबाट चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको धादिङ सेवा समाज दोहा, कतारका महासचिव रामहरि श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य केवल सहयोग पु¥याउने मात्र होइन, गाउँका बालबालिकाले पनि शैक्षिक क्षेत्रमा प्रगती तथा उत्साहका साथ दशैँ मनाउन सकुन् भन्ने हो । विदेशमा रहेका धादिङबासीहरूको सानो प्रयासले विद्यार्थीको मुहारमा…
धादिङ, असोज १२ धादिङ सेवा समाज, कतारले आगामी दशैँ पर्वको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्थित बोमराङ आधारभूत विद्यालयमा चेपाङ समुदायका विद्यार्थीलाई सहयोग हस्तान्तरण गर्ने भएको छ । आइतबार आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री लगायत आवश्यक सहयोग उपलब्ध गराइनेछ । समाजका पदाधिकारीका अनुसार विदेशमा रहेर पनि जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र यसपटक पनि दशैँ पर्वलाई अर्थपूर्ण बनाउन सहयोग कार्यक्रम तय गरिएको हो । धादिङ सेवा समाज, कतारले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले आफूले विगत २५ वर्षमा प्रश्न सोधेको भएपनि अहिले जवाफ दिने ठाउँमा पुगेको बताएका छन्। पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो जिन्दगीको २५ वर्ष सधैँ प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु। यो जवाफ दिने ठाउँमा रहँदा २५ वर्ष आफूले हेरिरहनुभएको मेरो काम सत्य त्यही नै हो। त्यो भन्दा नयाँ सत्य पनि छैन, त्यो भन्दा लुकेको सत्य पनि छैन। तपाईँले जगदीश खरेललाई हेर्दा धेरैले आफ्नो अनुहार पाउनुहुन्छ। तपाईँका सङ्घर्ष, सफलता र सन्तुष्टि पाउनुहुन्छ।’ उनले सरकार एक्लैले देश बनाउन नसक्दै भन्दै एकजुट भएर लाग्न आग्रह गरे। उनले थपे, ‘अहिले हामीले देश बनाउने…
धादिङ -मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेर बाटो अवरुद्ध भएको छ । रातमा पहिरो सफा गर्न नसकिने चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेर दुईवटा माईक्रोबसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । भोलि बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । तुइन खोलामा पाँच बजेतिर पहिरो खसेको थियो । पहिरो सफा गरेर १५ मिनेटपछि एकतर्फी बाटो खुलेको थियो । लगत्तै १० मिनेटपछि फेरि पहिरो खसेर बाटो बन्द भएको डीएसपी खनालले बताए तुइन खोलामा बिहीबार राति पनि पहिरो…
धादिङ — धादिङ जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईराला रहेका छन्। प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो। इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उजुरी अनुसार कोईरालाले बालिकालाई बलपूर्वक करणी गरेको आरोप लागेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक सोधपुछ जारी छ भने थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ। यसैबीच,…
धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र भत्किन थालेको छ । स्थानीयले सहिदहरुको अनुहारसमेत मेल नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । “सहिदको नाममा लाखौँ बजेट खर्च भयो तर न त अनुहार मिलेको छ, न कामको गुणस्तर टिकेको छ,” एक स्थानीयले भने, “यो त सहिद अपमान हो ।” सालिक निर्माण भर्खरै सम्पन्न भए पनि हालैदेखि टुक्रिन थालेको देखिन्छ । यसले निर्माण कार्यमा गुणस्तरहीन काम भएको स्पष्ट देखाएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ढुकुटी खर्च गरेर बनाइएका संरचनाहरू छोटो समयमै भत्किएका…
धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कारागारका कैदीहरूले केही दिनअघि खानेकुरा र लत्ताकपडा जलाएपछि समस्या थपिएको थियो। यस्तै, ताला चावी फुटाएर भाग्न खोज्ने क्रममा कैदी र सुरक्षाकर्मीबीच भएको झडपमा सेनाको गोलीबाट २ जनाको कैदीको निधन भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भईरहेको छ यस्तो परिस्थितिमा रेडक्रसले कम्बल, बाल्टिन र जग उपलब्ध गराएको हो। जिल्ला रेडक्रसका सभापति दुर्लभ कुमार तामाङ, मन्त्री नेम कुमार श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यालय प्रमुख आगमन खतिवडाले कारागार प्रशासक सरस्वती अधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन्। कारागार प्रशासनले…
धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप भदौ २४ गते विहान १०:०० बजे धादिङबेसीमा शान्तिपूर्ण विरोध प्रदर्शन हुने भएको छ। आयोजक विद्यार्थीहरुका अनुसार उक्त कार्यक्रममा न्यायप्रेमी, सचेत नागरिक, युवा, विद्यार्थी, महिला–पुरुष लगायत समाजका सबै वर्ग–स्तरलाई उपस्थित भई आवाज उठाउन आह्वान गरिएको छ। प्रदर्शन धादिङबेसीस्थित पुच्छर बजार क्षेत्रबाट शुरु हुने जनाएको छ।
धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय ३६ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा १ सय ५६ महिला र ८० पुरुषले आँखा, दन्त, छाला, महिला स्वास्थ्य लगायत विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए। वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार वडावासीलाई सहज रूपमा रोगको पहिचान गरी समयमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचानमा सहयोग गर्ने भएकाले शिविर महत्वपूर्ण रहेको उहाँले…