Skip to main content

Sacho Khabar

धादिङमा सुरु भयो तेस्रो अञ्जन स्मृति कप, सोल्टी नेपाल काठमाडौँको विजयी सुरुवात

धादिङ– तेस्रो स्वर्गीय अञ्जन स्मृति कप २०८३ खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको मझिटार खेलमैदानमा खुल्ला फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

आज भएको उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौं विजयी भएका छन् । धुनीवेसी युवा क्लवलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पछि पार्दै सोल्टी नेपाल काठमाडौंले विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत नतिजा टुंग्याइएको थियो।

प्रतियोगितामा १३ वटा टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । फुटवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख र द्धितिय हुने टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनल पुग्ने समुहले १०÷१० हजार सहित मेडल र प्रमाणपत्र दिने कार्यक्रमका संयोजक अनिल सिलवालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...