धादिङ– तेस्रो स्वर्गीय अञ्जन स्मृति कप २०८३ खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको मझिटार खेलमैदानमा खुल्ला फुटबल प्रतियोगिता सुरु गरिएको हो । आज भएको उद्घाटन खेलमा सोल्टी नेपाल काठमाडौं विजयी भएका छन् । धुनीवेसी युवा क्लवलाई पेनाल्टी शुटआउटमा ३–१ गोल अन्तरले पछि पार्दै सोल्टी नेपाल काठमाडौंले विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत नतिजा टुंग्याइएको थियो। प्रतियोगितामा १३ वटा टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । फुटवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख र द्धितिय हुने…