Skip to main content

Sacho Khabar

‘सरकार एक्लैले देश बनाउन सक्दैन, कर्मचारीको काममा हस्तक्षेप गर्दिन “-सञ्चार मन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले आफूले विगत २५ वर्षमा प्रश्न सोधेको भएपनि अहिले जवाफ दिने ठाउँमा पुगेको बताएका छन्।

पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो जिन्दगीको २५ वर्ष सधैँ प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु। यो जवाफ दिने ठाउँमा रहँदा २५ वर्ष आफूले हेरिरहनुभएको मेरो काम सत्य त्यही नै हो। त्यो भन्दा नयाँ सत्य पनि छैन, त्यो भन्दा लुकेको सत्य पनि छैन। तपाईँले जगदीश खरेललाई हेर्दा धेरैले आफ्नो अनुहार पाउनुहुन्छ। तपाईँका सङ्घर्ष, सफलता र सन्तुष्टि पाउनुहुन्छ।’

उनले सरकार एक्लैले देश बनाउन नसक्दै भन्दै एकजुट भएर लाग्न आग्रह गरे।

उनले थपे, ‘अहिले हामीले देश बनाउने बेला आएको छ। देश सरकार एक्लैले बनाउन सक्दैन। राज्यका निकायहरूले मात्रै बनाउन सक्दैन, हाम्रा संयन्त्रबाट मात्रै होइन। त्यसैले विगतमा जस्तै तपाईँहरू सबैको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने अपेक्षा राखेको छु।’

उनले आफूले ६ महिना मन्त्रालयको नेतृत्व गर्दा मन्त्रालयका कर्मचारीहरूलाई कुनै हस्तक्षेप नगर्ने बताए।  उनले भने, ‘सचिवज्यू तपाईँको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ काम अघि बढाउनुस् मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन म तपाईँबाट सिक्छु म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...