Sacho Khabar

एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

एमाले धादिङ–काठमाडौं सम्पर्क कमिटीले गर्‍यो निर्वाचन लक्षित बृहत् कार्यक्रम

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ–काठमाडौं सम्पर्क कमिटीले निर्वाचनलाई लक्षित गर्दै बृहत् कार्यक्रम आयोजना गरेको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मूल मर्मका साथ उम्मेदवार तथा नेकपा एमालेका नेताहरुसँग निर्वाचन विशेष बृहत कार्यक्रम गरेको हो । कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाका लागि यो निर्वाचन निर्णायक हो । हामीलाई हार्ने छुट छैन । हामी हार्दा नेपाल हार्छ, लोकतन्त्र र संविधान हार्छ” उनले भने– ‘एमाले एजेण्डासहित चुनावी मैदानमा उत्रिएको र…
Read More
नीलकण्ठमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने

नीलकण्ठमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने

धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप अभियान संचालन गर्नका लागि नीलकण्ठ नगरपालिकाले तयारी गरेको छ । शुक्रबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै नीलकण्ठ नगरपालिकाले किशोरीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तयारी र प्रचारप्रसरको काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाका ३८ विद्यालयका ५ सय ६७ जना कक्षा ६ मा अध्यायनरत किशोरीहरु, विद्यालय बाहिर रहेका ३ जना १० वर्ष उमेरका किशोरीहरु र गतवर्ष एचपिभि खोप अभियानमा छुटेका १६ जना गरि ५ सय ८६ जना किशोरीलाई खोप लगाइने नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठका ३८ विद्यालय खोकेन्द्रबाट माघ २७ गतेदेखि एचपिभि खोप लगाइने छ । नीलकण्ठ…
Read More
धादिङबेसीमा भोलिदेखि दशौं धादिङ महोत्सव सुरु हुँदै

धादिङबेसीमा भोलिदेखि दशौं धादिङ महोत्सव सुरु हुँदै

धादिङ । जिल्लाको कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सवको पहिलो दिन कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता, साथै सांस्कृतिक झाँकी प्रदर्शन मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। जातजाति तथा भाषाभाषी समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकीमा भजन, महिला बाजा लगायत विविध मौलिक प्रस्तुति समावेश हुनेछन्। आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सांस्कृतिक झाँकी प्रदर्शन बिहान १० बजेदेखि सुरु हुनेछ। साथै, कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी…
Read More
नीलकण्ठ बालमन्दिरमा मा वि मा नमुना निर्वाचन सम्पन्न

नीलकण्ठ बालमन्दिरमा मा वि मा नमुना निर्वाचन सम्पन्न

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कप्तान तथा उपकप्तान चयनका लागि नमुना निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनको नतिजा अनुसार कक्षा ११ बाट कप्तानमा सुमिना तामाङ र कक्षा १२ बाट राहुल लामिछाने बिजयी भएका छन्। त्यस्तै, उपकप्तानमा कक्षा ११ बाट पुजा थापा र कक्षा १२ बाट सुन्दर तामाङ विजयी भएका छन्। विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता, निर्वाचन प्रक्रिया र नागरिक दायित्वबारे व्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले उम्मेदवार छनोट, मतदाता दर्ता, प्रचार–प्रसार, मतदान तथा मतगणना जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया प्रत्यक्ष अभ्यास गरेका थिए। नीलकण्ठ बालमन्दिर…
Read More
माघे सङ्क्रान्ति अवसरमा धुवाकोटमा गोरुजुधाई र सोनाम ल्होसार विशेष कार्यक्रम हुँदै ।

माघे सङ्क्रान्ति अवसरमा धुवाकोटमा गोरुजुधाई र सोनाम ल्होसार विशेष कार्यक्रम हुँदै ।

धादिङ २८ पौष भङ्गेरी युवाक्लबद्वारा धुवाकोटमा गोरुजुधाई महोत्सव तथा सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । क्लबले माघेसङ्क्रान्तिको अवसर पारेर नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाकोट भँगेरीस्थानमा गोरुजुधाई महोत्सव तथा तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होसारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी तीव्र पारेको हो । नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा भङ्गेरी युवाक्लबको आयोजनामा हुने उक्त कार्यक्रम सोनाम ल्होसार मञ्जुश्री सम्वत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को अवसरमा शुभकामना आदान–प्रदानसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष विशाल तामाङका अनुसार धुवाकोटमा परम्परागत…
Read More
१७ लाख भ्युज, तर असन्तुष्टि बढ्दो : गोरु जुदाईमाथि प्रश्न

१७ लाख भ्युज, तर असन्तुष्टि बढ्दो : गोरु जुदाईमाथि प्रश्न

धादिङ :गोरु जुदाई हेर्दा कतिपयलाई रमाइलो लाग्न सक्छ, अनि “पुरानो रीतिरिवाज” भनेर गर्व पनि गरिन्छ। तर अहिलेको समयसम्म आइपुग्दा यस्ता गतिविधि उचित छैनन् भन्ने आवाज दिनप्रतिदिन बढ्दै गएको छ। समाज बदलिँदै गएको सन्दर्भमा हिंसामा आधारित परम्पराको पुनर्विचार आवश्यक भएको धेरैको भनाइ छ।   गत पुष १५ गते नीलकण्ठ नगरपालिका–१, धादिङको धुसेनीमा भएको गोरु जुदाई सम्बन्धी साँचो खबर HD को फेसबुक पेजमा १७ लाखभन्दा बढीले भिडियो हेरेका थिए। केही सकारात्मक प्रतिक्रिया आए पनि, ४८० भन्दा बढी नकारात्मक टिप्पणी आउनुले दर्शकहरूको असन्तुष्टि स्पष्ट रूपमा देखाएको छ। धेरै दर्शकको सुझाव अनुसार, अहिलेको समयमा आएर पनि “त्यो बेलाको चलन” भन्दै पशुलाई जुधाएर मनोरञ्जन लिनु…
Read More
अक्षयकोष स्थापनासहित पौष २३–२५ सम्म श्री हर्कपुर माविको स्वर्ण जयन्ती मनाइँदै

अक्षयकोष स्थापनासहित पौष २३–२५ सम्म श्री हर्कपुर माविको स्वर्ण जयन्ती मनाइँदै

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४, हर्कपुरमा अवस्थित श्री हर्कपुर माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार पौष २३ देखि २५ गतेसम्म विद्यालय प्राङ्गणमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित स्वर्ण जयन्ती मनाइनेछ। वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले पाँच दशकको अवधिमा हजारौँ विद्यार्थी उत्पादन गर्दै समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विद्यालयले स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुर्‍याउने दाताहरुलाई रकमको आधारमा सम्मान गरिने जनाएको छ। रु. ५ हजारदेखि माथि सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र, फ्रेमसहित प्रमाणपत्र, चाँदी तथा…
Read More
श्री आदर्श आधारभूत विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मनाइने

श्री आदर्श आधारभूत विद्यालयको ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती मनाइने

धादिङ — बेनिघाट रोराङ–७, चापाटरस्थित श्री आदर्श आधारभूत विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती भव्य रूपमा मनाउने भएको छ। वि.सं. २०३२ सालमा स्थापना भएको उक्त विद्यालयले विगत पाँच दशकदेखि शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विद्यालयको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई विभिन्न श्रेणीअनुसार सम्मान गरिने विद्यालयले जनाएको छ। अक्षयकोष सहयोगअन्तर्गत विभिन्न रकम अनुसार प्रमाणपत्र, फ्रेम, चाँदी तथा गोल्डेन फ्रेमसहित बाजा प्रदान गरी सम्मान गरिनेछ। स्वर्ण जयन्ती कार्यक्रम २०८२ साल पौष १९ गते विद्यालय प्राङ्गणमा आयोजना हुने जनाइएको छ। कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक तथा स्थानीय समुदायलाई…
Read More
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल बागमती प्रदेश समिति घोषणा, विवोद श्रेष्ठ अध्यक्ष चयन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल बागमती प्रदेश समिति घोषणा, विवोद श्रेष्ठ अध्यक्ष चयन

काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा  आज विस्तार गरेको छ। शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालको अध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो। नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना…
Read More
गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन तथा हस्तान्तरण

गोइराङ आधारभूत विद्यालयमा पुस्तकालय उद्घाटन तथा हस्तान्तरण

प्रयास नेपाल धादिङले चाइल्डफण्ड जापानको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा रहेको गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम २०८२ मंसिर २९ गते सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको अध्यक्षतामा तथा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा लगायतको उपस्थिति रहेको…
Read More