Skip to main content

Sacho Khabar

आयुष रिजालको उपचारका लागि पश्चिम अष्ट्रेलियाबाट आर्थिक सहयोग ।

पर्थ (अष्ट्रेलिया), पश्चिम अष्ट्रेलियास्थित नेप्लिज हिमालयन एसोसिएसनले आयुष रिजालको उपचार तथा बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग संकलन गरेको छ। एसोसिएसनका अध्यक्ष मनोज भट्टको पहलमा सञ्चालित सहयोग अभियानमार्फत नेपाली समुदायबाट एक लाख १५ हजार रुपैयाँ रकम संकलन गरिएको हो।
मानवीय संवेदना, करुणा र एकताको भावनासहित सञ्चालन गरिएको उक्त अभियानमा अष्ट्रेलियामा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको एसोसिएसनले जनाएको छ। बोन म्यारो क्यान्सर सङ्ग जुधिरहेका आयुषको जीवनरक्षाका लागि समुदाय एकजुट भई सहयोगमा जुटेको बताइएको छ।
उक्त अभियानमा सहयोग गर्नेहरूमा अध्यक्ष मनोज भट्ट, अस्मिता बराल, विक्रम जंग थापा, समिर पौडेल, पारस श्रेष्ठ, विष्णु गुरुङ (सानु), ललित थापा, विनोद थापा, लक्ष्मी आर्याल, सन्तोष भट्ट, अञ्जना श्रेष्ठ, अनु मल्ल ठाकुरी, आस्था बाम, प्रेम केसी, उपेश थापा, निरञ्जन पाठक, नवराज जैसी, गौचन दुवाडी, जीवन ढकाल, मनीष खत्री , प्रेम लम्साल, सैलेश श्रेष्ठ, मञ्जुल भारती, खेम राज गुरुङ, रुस्तम मास्के, रोजन पाण्डे र सीता पन्त रहेका छन्।
एसोसिएसनका अनुसार अभियानमार्फत १ लाख १५ हजार रकम संकलन गरिएको छ। संकलित रकम आयुष रिजालको उपचारका लागि परिवारको खातामा पठाइएको छ ।
नेप्लिज हिमालयन एसोसिएसन पश्चिम अष्ट्रेलियाले सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै आयुषको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। आयुशको उपचारमा आर्थिक अभाव भएको भन्दै सोमबार मात्र गृह जिल्ला धादिङमा आयुषको ठूलो बुबा ईश्वर रिजालले आर्थिक सहयोग संकलन गर्न सहयोग गरिदिन पत्रकार हरु सङ्ग आग्रह गर्नु भएको छ । आयुषको अहिले भारत स्थित राजिवगान्धी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा रकम जम्मा गरेपछी उनको बोन म्यारो ट्रान्सप्लान्ट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...